वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा काठमाडौँ ५ बाट मनोनयन दर्ता | Khabarhub Khabarhub

वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा काठमाडौँ ५ बाट मनोनयन दर्ता


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

उनीसँगै एमालेको तर्फबाट प्रदेश सदस्यका लागि दीपक निरौला र नारायण सिलवालले मनोनयन दर्ता गराएका छन् । आइतबार मनोनयन दर्ता गराएपछि पोखरेलले नेकपा एमालेले जनताको हितका लागि काम गरेकाले चुनाव जित्नेमा विश्वस्त रहेको बताए। नेता पोखरेलले नेकपा एमालेले गत ५ वर्षमा जनताको प्रतिष्ठामा आँच आउने कुनै काम नगरेको भन्दै जनतासँग पार्टीका विचार बोकेर जाने बताए।

२०७४ को निर्वाचनमा पनि पोखरेल काठमाडौँ ५ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०५४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित पोखरेल २०५६ सालमा काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ५३ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा