सत्ता गठबन्धनको समर्थनमा रुपन्देही-१ मा घनश्याम भुसालले दिए स्वतन्त्र उम्मेदवारी « Khabarhub

सत्ता गठबन्धनको समर्थनमा रुपन्देही-१ मा घनश्याम भुसालले दिए स्वतन्त्र उम्मेदवारी


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।

एमालेबाट टिकट नपाए पछि पार्टी परित्याग गरेका घनश्याम भुसालले सत्ता गठबन्धनको सहयोगमा रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै नेकपा एमालेले सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । प्रदेशसभा (क) मा नेपाली कांग्रेसका अब्दुल रज्जाक र (ख) मा विश्वनाथ यादव ले उम्मेदवारी दर्ता गराए भने एमालेका तर्फबाट राप्रपाका आशिष चौधरी र  एमालेका दधिराम शर्माले उम्मेदवारी दर्ता गराएका छन् । आफू रुपन्देही क्षेत्र नम्बर–१ को परिचित व्यक्ति भएकाले विजयी हुनेमा विश्वस्त रहेको भुसालले बताए।

नेता भुसाललाई सत्ता गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा रहेको छ भने एमालेलाई राप्रपा सहगोग रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : १५ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता