'युवामा पनि नशा खुम्चिने समस्या हुन्छ' | Khabarhub Khabarhub

‘युवामा पनि नशा खुम्चिने समस्या हुन्छ’

‘एकैठाउँमा लामो समय उभिनु हुँदैन, हात खुट्टा चलाइरहनुपर्छ’


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम मुटु रोगीका लागि चुनौती बन्छ। लामो समयसम्म उभिनुपर्ने पेसा वा व्यवसायमा सहभागी मुटु रोगीलाई गाह्रो बनाउँछ। त्यसमध्येमा पनि कृषक, शिक्षक, प्रहरी आदि लगायतका मानिसमा नशा फुल्ने समस्या धेरै हुन्छ। अन्य मोटोपन, गर्भावस्था, वंशाणुगत र कब्जियतका कारणले पनि यो समस्या हुने विभिन्न अध्यायनले जनाएका छन्। त्यसैले यो कस्तो समस्या हो त ? यसबाट विशेष गरेर चिसो समयमा कसरी बच्न सकिन्छ ? यसै विषयमा आधारित भएर मुटु रोग विशेषज्ञ डा. माधव विष्टसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

चिसो बढेपछि नशा फुल्ने समस्या किन देखा पर्दछ ?
नशा फुल्ने समस्या भनेको खुट्टाको बाहिरी नसा जसले रगत माथितिर लैजान्छ। त्यो फुल्छ चिसो बढेपछि मात्र फुल्ने होइन। तर, जुन माथितिर रगत लैजाने नशा हुन्छ। त्यो नशामा भल्ब हुन्छ। त्यो केही कारण बस भल्ब ड्यामेज भयो भने नशा फुल्ने हुन्छ। हेर्दा पनि नराम्रो देखिन्छ। जो मान्छे धेरै उभिने काम गर्दछन्। जस्तो बसको खलासी, डाक्टर जो पाँचदेखि ६ घण्टासम्म अप्रेसन गर्नको लागि उभिने गर्दछन्। भेन बन्दा पनि कमजोर तरिकाले बन्यो भने पनि नशा फुल्ने गर्दछ। महिनावारी हुँदा पनि शरीरको सम्पूर्ण भाग कमजोर हुने हुँदा शरीरका नशा सुनिने हुन्छ।

यो समस्या पुरुषमा भन्दा महिलामा बढी हुने हो ?
महिलामा हर्मनको कारणले नशा फुल्ने हुनसक्छ र गर्भ अवस्थामा पनि कमजोरी भएको कारणले नशा फुल्न सक्छ। धेरै अन्तर त महिला र पुरुषमा हुँदैन।

यो समस्या खुट्टामा नै हुने कारण के हो ?
सबै भन्दा मुनिको भाग भएको कारणले रगत तल बाट माथि आउनु पर्दछ। ग्राभिटीले गर्दा भल्भ बन्द हुँदै माथिमाथि सर्दै रगत माथि आउँछ र नशा फुल्छ।

नशा फुल्ने समस्या हुँदै छ भनेर कसरी छुट्याउने त ?
यो हेर्दा नै थाहा हुन्छ। यो समस्यामा धेरै आत्तिनु पर्दैन। यो हेर्दा मात्र नराम्रो देखिने हो। धेरै नै बढ्दै गयो भने सर्दै जाने र घाउहरू हुने हुन सक्छ।

यो कस्तो उमेरमा देखिन्छ ?
यो युवा अवस्थामा धेरै देखिन्छ। किनभने यो उमेरमा धेरै उभिएर काम गर्ने हुन्छन्। र, बुढा बुढीमा पनि कमजोरीको कारणले पनि देखिन्छ।

समयमा उपचार भएन भने पछाडि कस्तो असर गर्छ ?
यसले धेरै केही हानी गर्दैन। कुनै खतरा पनि हुँदैन। मानिसले अहिले जागरूक भएर चाँडो चाँडो उपचार गर्नु भएको छ।

यसको उपचार चाहिँ कसरी गरिन्छ त ?
सजिलो भाषामा भन्दा बाहिरी नशा हुन्छ त्यो हामीले निकाल्दिन्छौँ। त्यसलाई लेजर प्रविधिबाट पनि भल्भहरु निकाल्न सकिन्छ। विभिन्न प्रविधिको प्रयोगले अहिले यसको उपचार सजिलो छ।

सबैको पहुँचमा छ त उपचार ?
उपचार सबैको पहुँचमा छ, महँगो लेजर हाल्नु भन्दा त्यो भेन नै निकाल्दिने, फुलेको नशालाई सजिलोसँग निकाल्न सकिन्छ। सस्तो पनि पर्दछ। यो निम्न वर्ग सबैको लागि पहुँचमा छ। यसमा फ्री गर्न सरकारले नीति ल्यायो भने सजिलो हुन्थ्यो। यो तालिम प्राप्त सबैले निकाल्न सक्छन्। तर, यो समस्या लिएर हाम्रोमा खासै बिरामी आउँदैनन्।

यो समस्या एक पटक देखियो भने अर्को खुट्टामा त्यो समस्या देखिन्छ कि देखिँदैन ?
यो सुरुमा नै सबैमा एकै पटक हुन्छ। एउटामा निकालेर फाले पछि अर्कोमा सर्ने सम्भावना कम हुन्छ। एक पटकमा नै सबै निकालेर फालिन्छ।

यो समस्या वंशाणुगत रूपमा आउने सम्भावना कत्तिको छ ?
जन्मँदा नै नशा कमजोर तरिकाले बन्यो भने यस्तो समस्या हुन्छ। जो मान्छेमा पायल्सको समस्या हुन्छ त्यस्तो मान्छेमा यो समस्या हुन्छ किनभने भित्र हुने पायल्स हो र बाहिर हुने यो समस्या हो। रगतको नशा बन्दा नै कमजोर तरिकाले बन्यो भने पायल्स हुने सम्भावना पनि धेरै हुन्छ।

यो नहोस् भनेर हामीले के के कुरामा ध्यान दिने ?
एकै ठाउँमा धेरै उभिएर नबस्ने, खुट्टालाई चलाइ राख्ने, हिँडी राख्ने, यसरी खुट्टालाई चलाइ राख्दा मुनिको मांशपेसीहरु खुम्चिएर तलको रगतको नशाबाट सहज गरी रगतलाई माथि जान सहयोग गर्दछ। यसमा मुख्य समस्या भनेको उभिइरहनु नै हो। त्यसैले धेरै नउभिनु अरू यसमा केही छैन।

एउटा मुटु रोग विशेषज्ञ भएको नाताले केही भन्नुहुन्छ ?
जाडो मौसममा मुटु रोगीको मुटुको नशा खुम्चिने हुन्छ। यो मौसममा बिहान मुटुको रोगीले मनिङ वाक नगर्ने घाम लागेपछि मात्र आफूले सकेको जति हिँड्ने गर्नुपर्छ। धेरै नउभिने, चिसोमा धेरै नबस्ने गर्नुस् भन्न चाहन्छु। प्रस्तुति : पुष्पाञ्जली बस्नेत 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ३० बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा