आज २०७९ साल कात्तिक २३ गते बुधबारको राशिफल « Khabarhub

आज २०७९ साल कात्तिक २३ गते बुधबारको राशिफल


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल कात्तिक २३ गते बुधबारको राशिफल । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : अरुलाई बुझाउन सक्ने क्षमता प्राप्त हुनेछ। स्वास्थ्यमा भने समस्या देखिनेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्र अब्बल रहनेछन्। प्रेममा सफलता मिल्नेछ।

वृष : बोल्दा ख्याल गर्नुहोला। अरु क्षेत्र यथास्थितीमा छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका पाइनेछ।

मिथुन : विजय प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। प्रेममा गढबढ हुनेछ।

कर्कट : हर्ष बढ्नेछ। आकस्मिक लाभ मिल्नेछ। रोगबाट मुक्ति पाउने योग छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा सफलता मिल्नेछ।

सिंह : स्वास्थ्यमा सुधार हुनेछ। खुसी मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथास्थितीमा रहनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। प्रेममा सफलता मिल्नेछ।

कन्या : आज सुरु गरेको काममा सफलता मिल्नेछ। अध्ययन अध्यापनमा राम्रो नतिजा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ।

तुला : आयआर्जन बढ्नेछ। मनमा खुसी मिल्नेछ। आज सबै क्षेत्र यथास्थितीमा रहनेछ। सामाजिक क्षेत्रमा भने मानसम्मान मिल्ने योग रहेको छ।

वृश्चिक : कर्म क्षेत्र अब्बल रहनेछ। रोगबाट मुक्त हुने सम्भावना छ। हनुमानलाई स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।

धनु : बोलीको प्रभावले साथीभाइ रिझाउन सक्नुहुनेछ। मानसम्मान बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

मकर : सोचेर मात्र बोल्नुपर्नेछ। दैनिकी आनन्दमय चल्नेछ। भूमीसम्बन्धी काम गर्ने हो भने सोचेभन्दा राम्रो उन्नती हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

कुम्भ : इष्टमित्रसँगको भेटले मन प्रशन्न हुनेछ। आफन्तबाट ठूलो सहयोग मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथास्थितीमा रहेपनि धार्मिक क्षेत्रमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा बाह्य हस्तक्षेप बढ्नेछ।

मीन : आफन्तको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा गरेको लगानीबाट उन्नती हुनेछ। पेटमा समस्या हुनेछ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ४ : ५९ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी