इङ्लिस लिगबाट बाहिरियो एभर्टन « Khabarhub

इङ्लिस लिगबाट बाहिरियो एभर्टन


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बर्नमाउथसँग ४-१ ले पराजित भएसँगै फ्रयांक लाम्पार्डको टोली एभर्टन मंगलबार राति इङ्लिस लिग कपबाट बाहिरिएको छ ।

बर्नमाउथको जितमा जमाल लोवी, जुनियर स्टानिलस, इमिलियानो मार्कोन्डेस र जियाडन एन्थोनीले समान एक-एक गोल गरे। एभर्टनका लागि डिमराई ग्रेले सान्त्वना गोल गरे।

जितसँगै बर्नमाउथ चौथो चरणमा स्थान बनाएको हो । बर्नमाउथ इङ्लिस प्रिमियर लिगको लगातार चार खेलमा पराजित भएको थियो । यससँगै बर्नमाउथले पाँचौ खेलमा आएर हारको शृंखलामाथि समेत पूर्णविराम लगाएको छ ।

पछिल्लो खेलमा प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध पराजित भएपछि लाम्पार्डले मंगलबार बर्नमाउथविरुद्ध ११ खेलाडी परिवर्तन गर्दै टोली मैदानमा उतारेका थिए।

लिग कपअन्तर्गत मंगलबार सम्पन्न अन्य खेलमा लेस्टर सिटीले न्युपोर्ट काउन्टीलाई ३ ० ले हरायो भने बनर्लीले क्रले टाउनलाई ३ १ ले निराश पार्‍यो।

त्यस्तै जेलिनघमले ब्रन्टफोर्डलाई पेनाल्टी सुट आउटमा ६ ५ ले हरायो भने लिङकन सिटीले ब्रिस्टोल सिटीलाई ३ १ ले पराजित गरेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : ४५ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ