कञ्चनपुरमा मतदाता रिझाउँदै उम्मेदवार | Khabarhub Khabarhub

कञ्चनपुरमा मतदाता रिझाउँदै उम्मेदवार


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

निर्वाचन आउन ११ दिन मात्रै बाँकी रहेकाले दलहरुले धेरै मतदातासम्म पुग्ने प्रयास गरिरहेका छन् । नेकपा एमालेका जिल्ला सहसचिव कर्ण चन्दले जिल्लाका ९२ वटै वडामा प्रचारप्रसार तीव्र पारिएको बताए । “निर्वाचन नजिकिँदै छ हामीले प्रचारप्रसार तीव्र पारेका छौँ ।” उनले भने, “उम्मेदवार घरदैलोमा पुगेर आ–आफ्नो पक्षमा मत मागिरहेका छन् ।”

तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा सत्ता गठबन्धन र एमाले राप्रपा गठबन्धनका उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवारले पनि घरदैलो अभियानलाई तीव्र पारेका छन् । नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले निर्वाचन आउन थोरै दिन भएकाले उम्मेदवार मतदाता रिझाउन व्यस्त रहेको बताए ।

“गठबन्धनका उम्मेदवार विजयी गराउनका लागि टोल–टोलमा समिति बनाएर परिचालन गरेका छौँ ।” उनले भने, “समय छोटो भएकाले टोलटोलमा भेला गरेर उम्मेदवारले आफ्ना एजेन्डा मतदातामाझ राख्दै हुनुहुन्छ ।” उम्मेदवार घोषणापत्रसहित घरदैलोमा पुगेर अहिले मतदाताको मन तान्न लागिपरेका छन् ।

मतदाताले भने विकासका योजना ल्याउन सक्ने उम्मेदवारले जित्नुपर्ने बताएका छन् । होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदिशप्रसाद भट्टले विकास र समृद्धिको आवश्यकता भएकाले विकास ल्याउने उम्मेदवारले जीत्नुपर्ने बताउँछन् ।

“महाकाली करिडोर निर्माण र दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाह निमार्ण गर्नसक्ने उम्मेदवारलाई जिताउनुपर्छ”, उनले भने, “अहिलेसम्म हामीले आश्वासन मात्रै पायौँ अब बोलेर हैन गरेर देखाउनेलाई मत दिनुपर्छ ।” उनले गड्डाचौकी अत्तरिया सडक छ लेन र दैजी जोगबुढा सडक निमार्ण गर्नसके यहाँको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले पनि तयारी तीव्र पारेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीयतहका वडा मतदाता शिक्षाका लागि कर्मचारी खटिएका छन् । निर्वाचनका लागि सामग्री र जनशक्ति व्यवस्थापन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ११ : १८ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको