दोर्दी करिडोरको ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपियो  « Khabarhub

दोर्दी करिडोरको ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपियो 


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको दोर्दी करिडोरमा उत्पादित ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपिएको छ। यस करिडोरमा दुईदेखि २७ मेगावाटसम्मका आयोजनाले बिजुली उत्पादन थालेका छन्। दोर्दी करिडोर १३२ केभी डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बनेसँगै करिडोरका आयोजनाले धमाधम विद्युत् उत्पादन थालेका हुन्।

दोर्दीखोलामा निर्मित ३ आयोजना, शाखा नदीबाट २ र छिमेकी नदीबाट एउटा जलविद्युत् आयोजना निर्माण भएर दोर्दी करिडोरमा बिजुली जोडिएको दोर्दी करिडोर राष्ट्रिय प्रसारण लाइन आयोजनाले जनाएको छ।

यी ६ आयोजनाबाट ७८ दशमलव ८३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाले असोज १४ देखि व्यावसायिक उत्पादन थालेको छ। १२ मेगावाटको दोर्दी १ आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ व्यावसायिक उत्पादनको तयारीमा छ। परीक्षण उत्पादन गरिरहेको उक्त आयोजनाले तिहारपछि व्यावसायिक उत्पादन थाल्नेछ।

चेपेखोलामा निर्माण गरेर दोर्दी करिडोरमा जडित ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाले पनि व्यावसायिक उत्पादन थालिसकेको छ। दोर्दीको शाखा छ्याङ्दीखोलाबाट गत वर्ष ४ मेगावाटको माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्दै आएको छ। यसअघि दुई मेगावाटको छन्दीखोला साना जलविद्युत् आयोजनाले पनि बिजुली उत्पादन गरिरहेको छ।

दोर्दी करिडोर प्रसारण लाइनले बोकेको ७८ दशमलव ८३ क्षमता बिजुली उत्पादनका लागि १४ अर्ब १८ करोड ९६ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। दोर्दीखोला जलविद्युत् आयोजना (२७ मेगावाट) ४ अर्ब ८३ करोड, माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना (२५ मेगावाट) ४ अर्ब ६४ करोड ६१ लाख, दोर्दी १ जलविद्युत् आयोजना (१२ मेगावाट) २ अर्ब, चेपेखोला साना जलविद्युत् आयोजना (८.८३ मेगावाट) १ अर्ब ५० करोड, माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजना (४ मेगावाट) ८० करोड ३५ लाख र छन्दीखोला साना जलविद्युत् आयोजना (२ मेगावाट) ४१ करोड खर्च भइसकेको छ।

दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ ८० प्रतिशत बढी निर्माण सकिएको छ। अर्को वर्ष उक्त आयोजनाले बिजुली उत्पादन गर्ने आयोजना निर्देशक अर्जुन गौतमले बताए। यसको लागत ८ अर्ब ८० करोड छ। योसमेत निर्माण हुँदा १३२ दशमलव ८३ मेगावाट बिजुली दोर्दी करिडोरमा उत्पादन हुनेछ। सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को समेत लगानी गरी दोर्दी करिडोरमा २२ अर्ब ९८ करोड ९६ लाख खर्च हुनेछ। प्राय: आयोजना स्वदेशी लगानीमा बनेका छन्।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ११ : ४३ बजे

झापा–२ निर्वाचन मतगणना अपडेट : रास्वपाकी इन्दिरा अगाडि

काठमाडौं– झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना

चितवन–३ निर्वाचन मतगणना अपडेट : सोविता अग्र स्थानमा 

काठमाडौँ- चितवन–३ निर्वाचन क्षेत्रको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतगणना जारी

रुकुमपूर्व -१ मा प्रचण्ड तेब्बर भन्दा धेरै मतले अगाडि

काठमाडौं- रुकुमपूर्व १ मा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अग्रता

तनहुँ–१ निर्वाचन मतगणना अपडेट

तनहुँ– तनहुँ–१ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म

काठमाडौँका १५ क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमाको प्रारम्भिक नतिजा