प्रदेश नं १ का वन मन्त्री थापाको निधन « Khabarhub

प्रदेश नं १ का वन मन्त्री थापाको निधन


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ।

डेंगु संक्रमण भएर उपचाररत ५६ वर्षीय थापाको आज बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।

मंगलबार मात्रै नोबेल अस्पतालमा भर्ना गरिएका मन्त्री थापाको आज बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले बताए ।

थापाको यसअघि काठमाडौँको ह्याम्स लगायतका अस्पतालमा उपचार गरिएको थियो। आगामी ४ मंसिरमा हुन लागेको प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ (क) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौँको ह्याम्स अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १२ : ५४ बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल