मधेस प्रदेशमा ट्राफिक कारबाहीमा तीव्रता « Khabarhub

मधेस प्रदेशमा ट्राफिक कारबाहीमा तीव्रता


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रौतहट– मधेस  प्रदेशमा ट्राफिक प्रहरीले नियमविपरीत चल्ने सवारीसाधनमाथि कारबाही तीव्र ढंगले अघि बढाएको छ । प्रदेशको आठ जिल्लामा ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनमाथि तीव्र रूपमा कारबाही सुरु गरेको हो। 

प्रदेश ट्राफिक प्रमुख एसपी नान्तिराज गुरुङको निर्देशनअनुसार गरिएको कारबाहीबाट तीन महिनाको २४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ६ लाखले वृद्धि भएको छ। 

यस आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा मधेस प्रदेशको आठवटै जिल्लामा ट्राफिक नियमविपरीत चलेका तीन हजार सात सय २० सवारीसाधनलाई कारबाही गरिएको थियो । कारबाहीबाट कुल २४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए । 

गत आर्थिक वर्षको सोही अवधिमा मधेस प्रदेश ट्राफिक प्रहरीले गरेको २९ सय ६९ सवारीसाधनको कारबाहीबाट १८ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालू आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा कुल १४ सय ५२ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर कुल १३० जना मानिसको ज्यान गएको छ। मृत्यु हुनेमा ८९ पुरुष, २८ महिला, सात बालक तथा ६ जना बालिकाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख छ।

दुर्घटनामा परेर दुई हजार ५६ जना घाइते भएका छन् । घाइते हुनेमा एक हजार ६ सय २३ जना पुरुष, चार सय ६८ महिला, दुई सय ३२ बालिका रहेको तथ्यांकमा उल्लेख । मधेस प्रदेशमा बढ्दो सवारीको संख्या, तीव्र गति, साँघुरो बाटो तथा कतिपय चालकको लापरवाहीले सवारी दुर्घटना बढेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी गुरुङले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  २ : २३ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को