भूकम्पमा परी घाइते भएकाको सेनाद्वारा उद्धार « Khabarhub

भूकम्पमा परी घाइते भएकाको सेनाद्वारा उद्धार


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले डोटीको पूर्वीचौकी गाउँपालिका-३, गैरागाउँमा भूकम्पमा परी घाइते भएका सातजनालाई उद्धार गरेको छ ।

बुधबार बिहानदेखि भैरव प्रसाद गणबाट खटिएको उद्धार टोली तथा अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोटी पठाएको सेनाले जनाएको छ ।

सेनाका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि श्री पश्चिम एयर बेस सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको छ । उक्त गणबाट प्राप्त राहत सामग्रीहरू र जिल्ला रेडक्रस सोसाइटी डोटीसँग समन्वय गरी प्राप्त भएका उद्धार तथा राहत सामग्रीहरू गणबाट खटिएका टोलीले घटनास्थलसम्म पुर्‍याई वितरण गरेको सेनाले जनाएको छ।

मंगलबार मध्यराति र बुधबार बिहान गएको ६.६ रेक्टर स्केलको भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका-३, गैरागाउँमा ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ३ : १६ बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल