बेलबारी गोल्डकपको उपाधि साविक उपविजेता एपीएफलाई « Khabarhub

बेलबारी गोल्डकपको उपाधि साविक उपविजेता एपीएफलाई


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

पथरी– मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि एपीएफ काठमाडौँले चुमेको छ । राजारानी धनकुटालाई १-० गोलअन्तरले स्तब्ध पार्दै एपीएफले उपाधि चुमेको हो ।

एपीएफका लागि खेलको ४८औँ मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । पहिलो हाफ गोलरहित बराबरी खेलेको राजारानीले दोस्रो हाफमा गोल खान पुग्यो ।

खेलको म्यान अफ द म्याच गोलकर्ता कार्की घोषित भए भने वेस्ट गोलकिपर एपिएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । खेलको वेस्ट डिफेन्स पिटर सैगुन, बेष्ट मिडफिल्डर मनी लामा (एपीएफ), बेष्ट स्ट्राइकर बुद्घ चेम्जोङ (राजारानी), बेष्ट कोच सुदीप श्रेष्ठ (एफिएफ), राइजिङ प्लेयर कासिम राई , हाइस्कोर फोडे फोफोना  र सर्वोकृष्ट खेलाडी टोपबहादुर विष्ट घोषित भए ।

प्रतियोगिताको विजेता एपीएफले नगद आठ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो  भने उपविजेता राजारानी क्लब धनकुटाले नगद  चार लाख एक हजार पुरस्कार प्राप्त गर्‍यो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५-५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ । म्यान अफ द म्याचले रु पाँच हजार प्राप्त गरे । प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरेर १० वटा टिम सहभागी थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ३६ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा