'स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउँछौँ' | Khabarhub Khabarhub

‘स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउँछौँ’


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमौली– निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताएकी छिन्  । नेपाल कानुन समाजको आयोजनामा आज दमौलीमा आयोजना निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रियामा बोल्दै आयुक्त तुलाधरले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गरिन् ।

सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग कटिबद्ध भएर लागेको आयुक्त तुलाधारको भनाइ थियो । तुलाधारले आचारसंहिता पालनाले मात्र विश्वसनीय निर्वाचन सम्पन्न हुने भएकाले आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरिन्। ‘आचारसंहिताले स्वअनुशासनमा बस्न प्रेरित गर्छ, यो नैतिक बन्धन हो’, तुलाधारले भनिन्, ‘आचारसंहिता सबैलाई समानरूपमा लागू हुन्छ ।’

आचारसंहिता उल्लङ्घनका विषयमा आयोग कडारूपमा प्रस्तुत हुने बताउँदै आयुक्त तुलाधारले आचारसंहिता उल्लङ्घन गर्ने सबैलाई कारबाही गरिने प्रष्ट पारिन्। ‘आचारसंहिताको परिधिमा रहेर दलले प्रचार–प्रसार गर्नुहोस्, प्रचार–प्रसारमा कसैलाई नहोच्याउनुहोस्, दुष्प्रचार नगर्नुहोस्’, उनले भनिन्। स्वअनुशासनमा बसेर आचारसंहितामा नचुक्न आग्रह गर्दै तुलाधारले दायित्व पालना गर्न सम्झाइन् ।

आयुक्त तुलाधारले मितव्ययी हिसाबले निर्वाचन सम्पन्न गराउने तयारी गरिएको बताउँदै निर्वाचन खर्च परिमार्जन गरिएको उल्लेख गरिन् । निर्वाचन खर्चका सन्दर्भमा आयोगले तोकेको मापदण्डबमोजिम तथ्यांक राख्न आग्रह गर्दै तुलाधारले भनिन्, ‘यस विषयमा आयोगले सूक्ष्मरूपमा अध्ययन गरिरहेको छ ।’

संविधान र कानुनबमोजिम आयोग आफ्नो कर्तव्य पालनामा प्रतिबद्ध रहेको बताउँदै तुलाधारले आयोगको काममा सरोकारवाला निकायको सहयोगको अपेक्षा गरिएको बताइन् । ‘स्थानीय तह निर्वाचनमा सरोकारवालाको भूमिकाले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ, मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि उत्तिकै सहयोगको अपेक्षा आयोगको छ’, उनले थपिन्। मतदातालाई सचेत बनाउन तल्लो तहसम्म मतदाता शिक्षा सञ्चालन गरिएको र त्यसका लागि दल तथा उम्मेदवारहरूले सहयोग पुर्‍याउनुपर्ने उनको भनाइ थियो । 

निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचन लोकतन्त्रको आधुनिक जग भएको बताउँदै निर्वाचनको महत्वपूर्ण कडी आचारसंहिता भएको उल्लेख गरे। सो अवसरमा श्रेष्ठले निर्वाचन आचारसंहिताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल कानुन समाजका तर्फबाट अधिवक्ता मोहन आचार्यले सङ्घ र प्रदेश सदस्यको निर्वाचन खर्च र प्रचार-प्रसारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नागरिक संवाद पोखराका जुनाकुमारी गुरुङले निर्वाचनलाई स्वच्छ, धाँधलीरहित बनाउन सरोकारवालाको ध्यानाकर्षण गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताइन्। जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनको मिति नजिकिँदै गएको र निर्वाचनका लागि तयारी तीव्रगतिमा भइरहेको जानकारी दिए। 

कार्यक्रममा सहभागीहरूले आचारसंहिता पालनामा पूर्ण प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेकपा (एमाले) तनहुँका उपाध्यक्ष हरिराज कँडेललगायतले निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ४४ बजे

तनहुँ र नवलपुरमा उनन्तीस खानेपानी योजना सम्पन्न

तनहुँ – आर्थिक वर्ष २०८०-८१ मा तनहुँ र नवलपुरमा २९

बाढीबाट सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति

राजविराज – हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

गलेश्वर– म्याग्दीको बेनी नगरपालिका—९ घतानका ६० वर्षीय दिलबहादुर दमाईं र

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

काठमाडौं– जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई

बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली– जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।