फेसबुकको माउ कम्पनी मेटाले ११ हजारभन्दा धेरै कर्मचारी कटौती गर्ने « Khabarhub

फेसबुकको माउ कम्पनी मेटाले ११ हजारभन्दा धेरै कर्मचारी कटौती गर्ने


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी प्रविधि कम्पनी मेटाले ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने निर्णय गरेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले मेटाको इतिहासमा गरेको सबैभन्दा कठिन समयमा आफ्ना ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने बताएका हुन् ।

उनले भने, “कटौतीले सामाजिक सञ्जालमा खपत जनशक्तिको १३ प्रतिशत प्रतिनिधित्व गर्दछ र मेटावर्सका साथसाथै फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपसहित यसका अनुप्रयोगहरूमा केन्द्रित यसको अनुसन्धान प्रयोगशालालाई असर पार्नेछ ।’’

प्रविधि उद्योग गम्भीर मन्दीमा छ र धेरै प्रमुख फर्महरूले सामूहिक रोजगारी काँटछाँटको घोषणा गरेका छन् । ट्वीटरका नयाँ मालिक एलन मस्कले आफ्ना आधा कर्मचारीहरूलाई बर्खास्त गरको खबर आएको थियो । यससँगै अर्को सामाजिक सञ्जाल मेटाका सञ्चालकले पनि कर्मचारी कटौतीको निर्णय गरेको हुन् ।

जुकरबर्गले कर्मचारीहरूलाई लेखेको नोटमा भनेका छन्, “हामी कसरी यो निर्णय गर्न पुग्यौँ यसका लागि निर्णयहरूको लागि जवाफदेहिता लिन चाहन्छु ।’’ उनले भने, “मलाई थाहा छ, यो सबैका लागि कठिन छ, र म विशेष गरी प्रभावित व्यक्तिहरूसँग क्षमाप्रार्थी छु ।”

फेसबुक र गुगल जस्ता विज्ञापन समर्थित प्लेटफर्महरू विज्ञापनदाताहरूले लागत घटाउन खोजिरहेका छन् । किनकी उनीहरू मुद्रास्फीति र बढ्दो ब्याजदरसँग सङ्घर्ष गरिरहेका छन् ।

जुकरबर्गले कर्मचारीहरूसँग कोभिड महामारीको समयमा ई–वाणिज्य र अनलाइन गतिविधिमा वृद्धि जारी रहने आशा गरेको बताउँदै भन, “मैले यो गलत पाएँ, र म यसको जिम्मेवारी लिन्छु ।”

‘भर्चुअल रियालिटी हेडसेट’ मार्फत् पहुँच पाएको वेबको नयाँ संस्करण मेटाभर्सको विकासका लागि अर्बौं डलर खर्च गर्ने जुकरबर्गको निर्णयप्रति लगानीकर्ताहरू चिन्तित भएका छन् ।

जुकरबर्गले परियोजनाको प्रतिबद्धता प्रतिबिम्बित गर्न एक वर्ष पहिले कम्पनीको नाम मेटामा परिवर्तन गरेका थिए तर मेटाभर्स प्रविधिमा काम गर्ने निर्णयपछि कम्पनीले ३.५ अर्ब अमेरिकी डलर भन्दा बढीको घाटा ब्यहोरेको छ ।

मेटाले आर्थिक रुपमा सङ्घर्ष गर्ने जुकरबर्गले यस वर्ष धेरै पटक सङ्केत गरेका थिए । उनले आर्थिक रूपमा सङ्घर्ष गर्ने सम्भावित उपायहरूले समस्या टार्न नसक्ने देखिएपछि बुधवार आफ्नो पत्रमा कर्मचारी कटौती ‘अन्तिम उपाय’ भएको बताएका हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ४० बजे

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व