भारतको कश्मीरका किसान किबी खेतीतर्फ आकर्षित « Khabarhub

भारतको कश्मीरका किसान किबी खेतीतर्फ आकर्षित


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको जम्मु कश्मीरका किसान व्यावसायिक किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । स्याउका लागि प्रख्यात रहेको कश्मीर उपत्यकाका किसान किबी खेतीतर्फ आकर्षि हुन थालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसअघि केही किसानले सोखका लागि किबी खेती गर्दै आएका थिए । यद्यपि पछिल्लो समय ठूलो सङ्ख्यामा कश्मीरी किसानहरु व्यावसायिक किबी खेतीतर्फ आकषित भएको एएनआईले जनाएको छ ।

किबी खेतीका लागि कश्मीरको मौसम निकै अनुकूल रहेकाले यसतर्फ लागेको उत्तरी कश्मीरको सोपोर सहरका किसान बसिर अहमद वारले एएनआईलाई बताए ।

यसअघि हिमाचल प्रदेशमा किबी खेती देखेर आफू प्रभावित भएको उनले बताए । ‘हिमाचल प्रदेशमा किबी खेती सम्भव छ भने कश्मीरमा किन छैन भन्ने लागेर नै यसको खेती सुरु गरेको हो । दुबै स्थानको मौसम उस्तै छ ।’ बसिर अहमद वारले भने ।

एएनआईका अनुसार किसानले बढी मूल्य पाउने भएका कारण पनि कश्मीरमा यसतर्फ किसानको आकर्षण बढ्दो छ । त्यहाँ ५ देखि ८ रुपैयाँ प्रतिकिलो स्याउ बिक्री हुने गरेकोमा किबीको मूल्य भने २५ देखि ३० रुपैयाँ प्रतिकिलोसम्म रहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ५८ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक