मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता « Khabarhub

मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुगुको खत्याड गाँउपालिका–८ रिगागाँउकी २४ वर्षीया रमाना गिरी तीन दिनदेखि बेपत्ता भएकी छन् । उनी २१ गतेदेखि घरबाटै बेपत्ता भएकी हुन् ।

बाजुराको बुढिनन्दा नगरपालिका–१ माइती घर भएकी गिरीले पाँचवर्ष अघि मुगुको खत्याड गाँउपालिका-८ रिगागाँउका २८ वर्षीय प्रेमलाल गिरीसँग विवाह गरेकी थिइन् । रमनाका चार वर्षीय छोरा र तीन महिने छोरी छन् ।

उनका माइती पक्षले भने परिवारले नै बेपत्ता बनाएको आरोप लगाएको छ । तीन महिने छोरी छाडेर रमना बेपत्ता हुनै नसक्ने माइती पक्षको दाबी छ ।

माइती पक्षले घटनाको छानबिन गर्न प्रहरीमा उजुरी दिएका छन् । खोजबिनमा अग्रसरता देखाउन दबाब दिँदै माइती पक्षका २५ जनाले सुकाढीक प्रहरी चौकीमा धर्ना पनि दिएका छन् । रमनाका श्रीमान् प्रेमलाललाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : १२ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४