डोटी भूकम्पमा ६ जनाको मृत्यु भएकोप्रति कांग्रेसद्वारा दुःख व्यक्त « Khabarhub

डोटी भूकम्पमा ६ जनाको मृत्यु भएकोप्रति कांग्रेसद्वारा दुःख व्यक्त


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएकोप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले ६ जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको आत्माको चिर शान्तिका कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

कांग्रेसले घाइतेको उचित स्वास्थ्योपचारको व्यवस्थाका साथै पीडित परिवारलाई बसोबास र राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्पले केही घर भत्किदा ६ जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : ४० बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा