तालिबानको हिरासतमा महिलामाथि दुर्व्यवहार हुने गरेको ह्युमन राइट्स वाचको खुलासा « Khabarhub

तालिबानको हिरासतमा महिलामाथि दुर्व्यवहार हुने गरेको ह्युमन राइट्स वाचको खुलासा


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा शासन गरिरहेको तालिबानले अधिकारका लागि प्रदर्शन गर्ने महिलामाथि दुर्व्यवहार गर्ने गरेको पाइएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले आफ्नो अधिकारका लागि प्रदर्शन गर्ने महिलालाई तालिबानले परिवारसहित बन्धक बनाउने, उनीहरुमाथि शारीरिक, मानिसिक एवम् यौनजन्य दुर्व्यवहार गर्ने गरेको पाइएको जनाएको छ ।

ह्युमन राइट्स वाचले प्रतिवेदन प्रकाशित गर्दै यसबाहेक अफगानिस्तानमा आफ्नो अधिकारको माग गर्ने महिलाहरुलाई धम्की दिने, उनीहरुमाथि कुटपिट गर्ने, निकै कष्टकर अवस्थामा बन्धक बनउने जस्ता गतिविधि हुँदै आएको छ । बन्धक बनाइएका महिलालाई बाहिर निकाल्न पनि तालिबान उदासिन रहेको उक्त प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

त्यस्तै, तालिबानले महिलासँगै बन्धक बनाइएका उनीहरुका पुरुष आफन्तहरुलाई करेन्ट लगाएर यातना दिने गरेको पनि जनाइएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : ३८ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ