'हाइपर टेन्सन' हुनेलाई 'ब्रेन स्ट्रोक' हुनसक्छ | Khabarhub Khabarhub

‘हाइपर टेन्सन’ हुनेलाई ‘ब्रेन स्ट्रोक’ हुनसक्छ

'प्रेसर, सुगर र मुटु रोगीमा धेरै समस्या हुन्छ'



पक्षघात अर्थात् ब्रेन स्ट्रोक हुनु दिमागको कुनै भागमा रक्तसञ्चार बन्द हुनु हो । दिमागमा अक्सिजन तथा पोषक तत्वको कमी हुनाले ब्लड भेसल्स अर्थात् रक्त नलीका बीचमा रगत जम्नाले यसको क्रियामा बाधा पुग्छ । व्यस्त जिन्दगीमा मानसिक तनाव, जीवनशैली, धूम्रपान, मदिरापान, हाई ब्लड प्रेसर, डाइबेटीज, मोटोपन आदिका कारणले ब्रेन स्ट्रोक हुनसक्ने चिकित्सकहरूले बताएका छन् । यसै विषयमा आधारित भएर मेडिसिटी अस्पतालमा कार्यरत न्युरोलोजिष्ट डा. बाबुराम पोखरेलसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

ब्रेन स्ट्रोकलाई हामीले कसरी बुझ्ने ?
हाम्रो ब्रेनमा रगत सञ्चालन हुने पक्रियामा अवरोध भएमा वा रगत सञ्चालन भएको नशा फुटेर रगत जम्नु स्ट्रोक भन्छौँ ।

स्ट्रोक किन हुन्छ ?
सामान्यतया दुई प्रकारका स्ट्रोक हुन्छन् । पहिलो स्ट्रोक भनेको रगत सञ्चालन नपुगेर हुने हो त्यसलाई स्केमिक स्ट्रोक भनिन्छ । ७० देखि ८२ प्रतिशत मानिसमा यो हुन्छ । अर्को ब्रेनको नशा फुटेर हुनेलाई हेमोरेजीक स्ट्रोक भनिन्छ ।

स्केमिक स्ट्रोक के कारणले हुन्छ ?
मान्छेको उमेर बढ्दै जाँदा पुरुषहरू जसलाई प्रेसर, सुगर मुटुको समस्या, भएको छ भने उनीहरूमा धेरै हुन्छ । २० देखि ३० प्रतिशत बिरामीमा जाँच गर्दा यही कारणले भएको भनेर थाहा पाउन सक्दैनौँ । अधिकांश ६० देखि ७० प्रतिशतमा प्रेसर, धूम्रपानको कारणले हुन्छ।

यो समस्या युवा पुस्तामा के कारणले बढेको छ ?
पहिला यो वृद्धमा हुने भनेर बुझिन्थ्यो । अहिले यो युवाहरूमा पनि भएको छ । यो ४५ वर्ष मुनिकोलाई भयो भने हामी योङस्ट्रोक भन्छौँ । त्यसमा सबै भन्दा बढी कारण हाइपो टेन्सन धूम्रपान, ब्लड आफै बाक्लो हुने र सही रूपमा सञ्चालन नहुने हुन्छ । नेपालमा प्रेसर र सुगर भएको कारणले धेरै औषधि खाने हुँदा पनि यो समस्या देखिन्छ ।

दुर्घटना हुँदा पनि स्ट्रोक हुन्छ ?
दुर्घटना हुँदा भएकोलाई हामी स्ट्रोकमा राख्दैनौँ । त्यसलाई ट्रमाटिक ब्रेन इन्जोरी भन्छौँ । तर स्ट्रोक भएर दुर्घटना हुनु चाहिँ अर्को नै हो ।

स्ट्रोक भए पछि के गर्ने ?
स्ट्रोकको १९९५ देखि विश्वमा र नेपालमा २०१५ देखि राम्रो उपचारको विकास भएको छ । एउटा तीव्र स्ट्रोक हेरचाह भन्ने हुन्छ त्यसमा स्ट्रोक भएको तत्काल चार घण्टा भित्र अस्पताल आउनु भयो भने हामीले थम्बलाइसिस् भन्ने एउटा औषधि प्रयोग गर्छौ । त्यो औषधिले ब्लक भएको नशालाई फुटाउँछ र रगत सञ्चालन हुन्छ । स्ट्रोक ब्लक छ भने त्यसमा हामीले सानो नशा र ठूलो नशा कुन ब्लक भएको हो त त्यो हेर्नु पर्दछ र ठूलो नशा ब्लक भएको छ भने हामीले तार राखेर नशा खोल्छौँ त्यसलाई हामी थ्रोम्बोटोमी भन्छौँ । अहिले यो नेपालमा नै गर्न सकिन्छ । अहिले नेपालको स्ट्रोकको उपचारमा थ्रोम्बेटिमी र थ्रम्बलाइसिस् दुवै छन् । जिन्दगी भर हिँड्न नसक्ने, हात घोडा नचल्नेलाई यसले मद्दत गरेको हुन्छ ।

समयमा अस्पताल पुगेर त्यो इन्जेक्सनले काम गरेन भने के हुन्छ ?
औषधिले काम गर्याे वा गरेन भने हामीले पहिला नै बिरामीको आफन्तलाई भनेको हुन्छौँ कि ९० दिनमा आफै हिँड्न सक्छ । तत्काल केही नदेखिए पछि ९० दिनमा देखिन्छ । त्यो औषधि प्रयोग गर्दा ब्लीडिङ हुने समस्या हुन्छ । यो विश्वका सबै ठाउँमा सबै मान्छेमा हुनसक्छ त्यसैले आँतिनु हुँदैन । सिटी स्क्यान भएको ठाउँमा यो गर्न सकिन्छ । हामी काठमाडौँमा बसेर नै नेपालका जुन सुकै कुनामा भएका बिरामीलाई थ्रम्बोलाइसिस् गर्नलाई सहयोग गर्न सक्छौँ ।

स्ट्रोकको उपचार नेपालको कुन कुन अस्पतालमा हुन्छ ?
यसको लागि एउटा स्ट्रोक रेडी सेन्टर हुन्छ । त्यसमा थ्रोम्बेटिमी र थ्रम्बलाइसिस् दुवै हुन्छ । स्ट्रोकको उपचार नै नहुने अस्पताल चाहिँ धेरै छन् । जहाँ इको इस्पेन्डिस्टडिज मात्र दिइन्छ । स्ट्रोक रेडी सेन्टरमा सम्बन्धित उपचार गर्ने काठमाडौँमा ५ देखि ७ वटा मात्र छन् । स्ट्रोक हुँदा अझै पनि नेपालमा समस्या नै छ । त्यसको लागि हामीले सरकार सामु सहयोग गराउन प्रयासहरू गरिरहेका छौँ ।

समयभन्दा पछाडि अस्पताल आउँदा बिरामीको अवस्था कस्तो हुन्छ ?
५ घण्टा पछि हामीले थ्रम्बलाईसिस्हरु प्रयोग गर्दैनौँ । ब्रेनको रगत जाने नशालाई कति घुमाएर हेर्न सकिन्छ भनेर एउटा कार्यात्मक विश्लेषण गर्नु पर्दछ । रिभर सिभिलिटी हेरेपछि मात्र हामीले त्यसलाई थ्रम्बलाईसिस् गर्ने नगर्ने भनेर थाहा पाउँछौँ । त्यसैले साढे चार घण्टापछि जहाँ एमआरआईको उपलब्धता छैन त्यहाँ थ्रम्बलाईसिस् गर्नु भनेर हामीले सुझाव दिँदैनौँ ।

साढे चार घण्टामा इन्जेक्सन लगाएपछि केही समस्या हुन्छ कि ?
ब्लक भएको भाग खोल्दा त्यो पगाल्नु पर्याे त्यसले गर्दा रगत बग्न सक्छ ।

एक पटक स्ट्रोक भएर निको भएपछि पछाडि फेरि हुने सम्भावना कति हुन्छ ?
स्ट्रोक हुने सम्भावना त हुन्छ । तर त्यसको लागि सेकेण्डरी प्रिभेन्सन् अपनाउनु पर्छ त्यो बिरामीमा स्ट्रोक हुने रोगहरू जस्तोः मुटुको समस्या,सुगर,रक्तचापलाई जाँचेर उपचार गर्याे भने स्ट्रोक हुने चान्स कम हुन्छ ।

एक पटक स्ट्रोक भएपछि कति समयसम्म कुनै समस्या आउँदैन ?
त्यसको समय छैन, एक पटक स्ट्रोक भए पछि अर्को पटक नआउन सबै रोगहरूलाई सही गराउनु पर्दछ ।

यो वंशाणुगत हुन्छ ?
कुनै अवस्थामा वंशाणुगत हुनसक्छ । जस्तो परिवारमा एक जनामा भयो भने अन्य परिवारका सदस्यमा पनि चिन्ता छाउँछ । त्यसैले हाइपर टेन्सन हटाउनु पर्याे ।

यस्तो समस्या नआओस् भनेर के गर्ने ?
धूम्रपान नगर्ने, मुटुको धड्कन सही गलत भएको थाहा पाउने, व्यायाम गर्ने, पहिला स्ट्रोक हुन नै नदिने, स्ट्रोक भएको अवस्थामा अस्पतालमा गएर सल्लाह सुझाव लिन सकिन्छ र समयमा उपचार हुन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : १८ बजे

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका