राइनास नगरपालिकाले नयाँ सडक ट्र्याक नखोल्ने « Khabarhub

राइनास नगरपालिकाले नयाँ सडक ट्र्याक नखोल्ने


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको राइनास नगरपालिकाले चालु आर्थिक वर्षदेखि नयाँ सडक ट्र्याक नखोल्ने जनाएको छ।

नगरपालिकाले चालु आर्थिक वर्षदेखि सडक योजना अन्तर्गत बजेट विनियोजन गरे पनि नयाँ सडक ट्र्याक खोल्ने कार्यक्रम नरहेको जनाएको हो।

नगरपालिका अन्तर्गतका प्रायः गाउँ बस्तीमा सडक ट्र्याक पुगिसकेको भन्दै नयाँ ट्र्याक खोल्ने कार्यक्रम नरहेको नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले जानकारी दिए।

यसअघि खोलिएका सडक जीर्ण अवस्थामा रहेकोले ती सडकमा बाह्रै महिना यातायात सुचारु हुने गरी स्तरोन्नति गर्ने नगर प्रमुख गुरुङको भनाइ छ।

जीर्ण सडक मर्मतमा बर्सेनि लाखौँ खर्च गरे पनि प्रत्येक वर्षाको समयमा पुनः सडक भत्किने हुँदा त्यस्ता सडकलाई व्यवस्थित गर्ने तर नयाँ सडक खोल्ने विषयलाई प्राथमिकतामा नराखिएको गुरुङले बताए।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ३४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा