पेरुको अस्थिर राजनीति र डिनाको जिम्मेवारी | Khabarhub Khabarhub

पेरुको अस्थिर राजनीति र डिनाको जिम्मेवारी


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पेरुको राजनीतिले नाटकीय मोड लिएपछि पेरुको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति चयन भएकी छिन्। पेड्रो कास्टिलोले सुरुवातमा संसद् विघटनको प्रयास गरेका थिए। उनको त्यो प्रयाससँगै उपराष्ट्रपति भएकी डिना बोलाउट्रे नाटकीय रूपमा राष्ट्रपतिमा चयन भएकी हुन्।

बुधबारको दिनको सुरुवातमै कास्टिलोले संसद् विघटन गर्दै ‘आपत्कालीन नयाँ सरकार’को घोषणा गर्ने जनाएका थिए। यसको लगत्तै संसद् बैठक बसेर उनलाई हिरासतमा लिइयो। कास्टिलोलाई राजनीतिक कुको आरोप समेत लगाइएको हो।

समाचारका अनुसार गिरफ्तारको समयमा उनी मेक्सिको राजदूतावासतर्फ गइरहेका थिए। ६० वर्षीय बोलाउट्रे सन् २०२६ सम्म राष्ट्रपति पदमा यथावतै रहने जनाइएको छ। कास्टिलोको कार्यकाल त्यसै समयसम्म थियो। शपथ ग्रहणको क्रममा उनले सङ्कटको समयमा आफूमाथि गरिएको विश्वासलाई पूर्ण रूपले साथ दिने बताएकी छिन्। ‘मैले अवसर पाएँ भन्दा पनि देश गम्भीर मोडमा पुगेको कुरा महत्त्वपूर्ण हो,’ उनले भनिन्।

पेड्रो कास्टिलोले सुरुवातमा संसद् विघटनको प्रयास गरेका थिए। उनको त्यो प्रयाससँगै उपराष्ट्रपति भएकी डिना बोलाउट्रे नाटकीय रूपमा राष्ट्रपतिमा चयन भएकी हुन्।

बुधबारको नाटकीय शृङ्खलाको सुरुवात कास्टिलाले टेलिभिजनमा दिएको राजनीतिक सन्देशबाट सुरु भएको थियो। त्यसै समयमा उनले संकटकाल घोषणा गरेका थिए। त्यस पछि उनले लगत्तै विपक्षीको कब्जामा परेको संसद् विघटन गर्ने बताएका थिए। यसको लगत्तै पेरुमा ठूलो विद्रोह भएको थियो। धेरै मन्त्रीले राजीनामा दिए भने सडकमै विद्रोहको आवाज घन्किएको थियो।

संवैधानिक अदालतले तत्कालै उनले राजनीतिक ‘कु’ गरेको ठहर गरेको छ भने अमेरिकाले कास्टिलोलाई तत्काल निर्णय उल्ट्याउन दबाब दिएको थियो। तत्कालै पेरुको सेना र सशस्त्र प्रहरीले वक्तव्य जारी गर्दै संवैधानिक निर्णयको अनुसरण गर्ने जनाएका थिए।

कास्टिलोले संसद् विघटनको प्रयास गर्दा उनलाई बर्खास्तको प्रयास पनि सुरु भइसकेको थियो। त्यसो त सन् २०२१ को जुलाइमा कास्टिलोले सत्ता लिएपछि तेस्रो पटक पेरुमा यस किसिमको प्रयास भएको थियो।

उनले टेलिभिजनमा सम्बोधन गर्दै देश र नागरिक हितमा ध्यानमा राख्दै प्रजातन्त्र पुनर्स्थापित गर्न नयाँ सरकारको आवश्यकता रहेको बताएका हुन्। उनले नयाँ बन्ने संसद्ले नयाँ संविधान तयार गर्ने र यसका लागि नौ महिना भन्दा बढी समय नलाग्ने बताएका थिए। लगत्तै कास्टिलोको विरोधीको पकड रहेको संसद्को तत्कालै बैठक बसेर कास्टिलोलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। १ सय १ जना उनको विरुद्धमा रहे भने ६ जना पक्षमा थिए। १० जना अनुपस्थित थिए।

संवैधानिक अदालतले तत्कालै उनले राजनीतिक ‘कु’ गरेको ठहर गरेको छ भने अमेरिकाले कास्टिलोलाई तत्काल निर्णय उल्ट्याउन दबाब दिएको थियो। तत्कालै पेरुको सेना र सशस्त्र प्रहरीले वक्तव्य जारी गर्दै संवैधानिक निर्णयको अनुसरण गर्ने जनाएका थिए।

संसद्को निर्णयसँगै उनी प्रहरी हिरासतमा पुगेका थिए। कास्टिलोलाई संवैधानिक कानुनको उल्लङ्घन गरेको आरोपमा जेल चलान गरेको केही समयपछि नै नयाँ राष्ट्रपतिको चयन भएको हो। पेरुको यो घटना सन् २०२० को जत्तिकै अस्थिर भने होइन। त्यस समय पाँच दिनको अन्तरालमा तीन जना राष्ट्रपति भएकोसमेत अवस्था थियो।

वामपन्थी पृष्ठभूमि भएका कास्टिलो पूर्वशिक्षक हुन्। गत जुनमा भएको निर्वाचनमा उनी दक्षिण पन्थी प्रतिद्वन्द्वी काइको फुजीमोरीलाई हराउँदै सत्तामा प्रवेश पाएका थिए। पछिल्लो समय भने उनी धेरै भ्रष्टाचारको आरोपको पनि सामना गरिरहेका थिए।

नाटकीय रूपले नै किन नहोस् पेरुमा एउटा कीर्तिमान कायम भएको छ। सो कीर्तिमानसँगै आफ्नो देशलाई अगाडि बढाएमा बोलाउट्रेका लागि इतिहासमा स्वर्णिम अक्षरले नाम लेखाउने अवसर पनि छ।

संसारको इतिहास हेर्ने हो भने महिलाको उपस्थितिमा धेरै राज्यले पुरुषको शासनकालको तुलनामा प्रगति गरेका छन्। संसारकै सबै भन्दा ठूलो प्रजातान्त्रिक देश भारत पनि अहिले आदिवासी समुदायकी महिला राष्ट्रपति भएको देश हो।

२१ जुलाई २०२२ मा द्रौपदी मुर्मुलाई भारतले आफ्नो १५ औं राष्ट्रपति चयन गरेको थियो। ओडीषाको मयुर गन्जमा जन्मिएकी एक सामान्य परिवारकी महिलालाई आफ्नो देशको राष्ट्रपतिको रूपमा देख्न पाउँदा सिङ्गो भारतले गर्व गर्न थालेको छ। शिक्षण पेसामा समेत समय बिताएकी सामाजिक भावनाले प्रेरित उनलाई राष्ट्र प्रमुखको रूपमा पाउँदा भारतीय खुसी भएका हुन्। यस अगाडि भारतको १२ औं राष्ट्रपति पनि प्रतिभा पाटिल थिइन्।

वामपन्थी पृष्ठभूमि भएका कास्टिलो पूर्वशिक्षक हुन्। गत जुनमा भएको निर्वाचनमा उनी दक्षिण पन्थी प्रतिद्वन्द्वी काइको फुजीमोरीलाई हराउँदै सत्तामा प्रवेश पाएका थिए। पछिल्लो समय भने उनी धेरै भ्रष्टाचारको आरोपको पनि सामना गरिरहेका थिए।

जर्मन इतिहासलाई हेर्ने हो भने त्यस देशको विकासको क्रम एन्जेलो मार्केलको कार्यकालमा नै माथि उठेको कुरा नकार्न मिल्दैन। जर्मन इतिहासले उनको शासनकाललाई स्वर्णिम र गर्व गर्न लायक ठानेको छ। १६ वर्ष जर्मन शासन सम्हालेको उनको काललाई स्वर्णिम काल पनि मान्न सकिन्छ। पूर्वी जर्मनीमा हुर्किएकी मार्केल युरोपमै आर्थिक मन्दी जारी रहेको समयमा देशको प्रमुख भएकी थिइन्। त्यसै समयमा युरोपको सबै भन्दा ठूलो अर्थतन्त्र भएको मध्येकै देश जर्मनी छताछुल्ल भएको थियो।

उनकै कार्यकाललाई जर्मनीको आर्थिक संकट टरेको कार्यकाल मात्र होइन एकताबद्ध युरोपको सोच अगाडि बढाउने नेतृत्वको रूपमा समेत लिने गरिन्छ। सन् २०१४ मा पनि रुसले युक्रेनमा आक्रमण गरेको थियो। सो समयमा मार्केलले वार्ताको पहल गरेपछि रुस, युक्रेन, जर्मनी र फ्रान्सको बीचमा वार्ता भएको थियो। त्यसै वार्ताका कारण सम्भावित युद्धको खतरा टरेको थियो।

मानवतावादी मार्केल शासन कालको ठूलो परीक्षण सन् २०१५ मा भएको थियो। युरोपले त्यस समयमा शरणार्थी समस्या भोगेको थियो। अन्य देशले सीमा बन्द गरिरहँदा जर्मनीका सीमा शरणार्थीका लागि खुला भएको थिए। सिरिया युद्धका कारण मात्र सन् २०१५ मा १० लाख जना शरणार्थी जर्मनी पुगेका थिए। युद्धको कारण त्यत्ति धेरै मात्रामा त्यहाँ पुगेका हुन्।

त्यसको ६ वर्षपछि पनि उनले त्यस निर्णयको बचाउ गरेकी थिइन्। उनले सबैलाई राम्रो र सम्मानपूर्वक व्यवहार गरेमा कुनै पनि समस्या ठूलो नहुने धारणा व्यक्त गरेकी थिइन्। समीक्षक जर्मनीमा मार्केलले सधैँ आफूलाई नयाँ बाटोमा लैजान चाहने, चुनौती स्वीकार्न चाहने र कठिन परिस्थितिमा नयाँ निर्णय लिन सक्ने अद्भुत नेताको रूपमा स्थापित गराउन खोजेको प्रतिक्रिया दिएका छन्।

मानवतावादी मार्केल शासन कालको ठूलो परीक्षण सन् २०१५ मा भएको थियो। युरोपले त्यस समयमा शरणार्थी समस्या भोगेको थियो।

सन् २०२० मा आफ्नो देशलाई परिवर्तन गर्ने १२ व्यक्तित्वको नाम एक संस्थाले चयन गरेको थियो। ती नाममा न्युजिल्यान्डका प्रधानमन्त्री जाकिन्डा अर्डनलाई पहिलो क्रममा राखिएको थियो। उनलाई कोरोना भाइरस महामारी कालमा देशको शासनलाई राम्रोसँग सञ्चालन गरेको कारण संसारले सफल नेताको रूपमा स्वीकार गरेको थियो।

१२ जनमा अटाउनेमा मार्केल पनि थिइन्। यसैगरी त्यो सूचीमा फिनल्यान्डका प्रधानमन्त्री सन्ना मारिन पनि थिइन्। उनी पनि समानताको प्रतीक मानिएकी थिइन्। बोलाउट्रे पेरुको दक्षिणी भाग चाल्हुवान्कामा जन्मिएर हुर्किएकी हुन्। उनी बा आमाका १४ सन्तान मध्येकी एक हुन्। कानुनको अध्ययन गरेकी उनी पब्लिक रेकर्ड अफिसमा १७ वर्ष काम गरेकी थिइन्।

उनले वामपन्थी दल पेरु लीबरे पार्टीबाट राजनीति सुरु गरेकी हुन्। चार वर्ष अघि उनी लीमाको दक्षिणी जिल्ला र्सक्युलाको मेयर हुने प्रयासमा थिइन्। सन् २०२० मा उनी कांग्रेस प्रवेश गर्ने प्रयासमा रहे पनि असफल भएकी थिइन्। त्यसको एक वर्षपछि उनी कास्टिलोसँगै चुनावी अभियानमा थिइन्। कास्टिलोले फुजीमोरीलाई झिनो मतान्तरले हराउँदै राष्ट्रपतिको पद हत्याएपछि उनी उपराष्ट्रपति भएकी हुन्।

सुरुमा उनले मन्त्रालयको जिम्मेवारी समेत पाएकी थिइन्। कास्टिलोले उनीसँग असहमत व्यक्तिलाई प्रधानमन्त्रीमा चयन गरेपछि भने उनले मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। उनको लागि अहिलेको समय अत्यन्त कठिन छ। लामो समयदेखि राजनीतिक अस्थिरता भएको देशको शासन कम्ती कठिन होइन। तर मार्केल र मारिन जस्ता महिला नेतृत्व पनि संकटबाटै उदाएको इतिहास संसार सामु छर्लङ्ग छ। यस कारण पेरुमा एक महिला नेतृत्वले सफलताको इतिहास कोर्ने सम्भावना नै नभएको भने होइन। स्रोत : बीबीसी, भ्वाइस अफ अमेरिका, भग र इकोनोमिक्स टाइम्स

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ४८ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु