तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द रहने « Khabarhub

तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द रहने


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बुटवल – तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ। बिहीबारदेखि १५ दिनसम्म १० घण्टा सडक बन्द गरेर काम गरिने भएको छ।

तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको सिरुखर्क माल्मुल क्षेत्रमा सडक फराकिलो गर्नका लागि काम थालिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीप निरौलाले जानकारी दिए।

“अप्ठ्यारो बाटोलाई फराकिलो बनाउन केही समय सडक बन्द गरेर कामको सुरुआत गरिएको छ” उनले भने, “एम्बुलेन्स, शववाहनलगायत अति आवश्यक सवारीसाधनलाई अवस्था हेरेर ओहोरदोहोर गर्न दिइनेछ, हामीले तोकिएको समयभन्दा चाँडो सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएका छौँ।”

माल्मुम क्षेत्रमा करिब दुई किलोमिटर साँघुरो, अप्ठ्यारो बाटोलाई फराकिलो बनाउने योजनाअनुरुप कामको थालनी गरिएको सडक डिभिजन कार्यालय पाल्पाका इञ्जिनियर निरञ्जन अर्यालले बताए। उनका अनुसार यस क्षेत्रमा हाल दैनिक ४० कामदार काम गर्दैछन्। साना सवारीसाधनका चालकले वैकल्पिक मार्गको रुपमा जोर्ते–चण्डीभन्ज्याङ सडक प्रयोग गर्न सक्नेछन्।

सिरुखर्क–माल्मुल क्षेत्रमा बिहीबारदेखि आउँदो पुस ७ गतेसम्म बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र साँझ ७ वजेदेखि १० वजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालयले जनाएको छ। सो सडकखण्ड भएर पाल्पा, गुल्मी, बुटवल, बाग्लुङ, पर्वतलगायतका यात्रु दैनिक ओहोरदोहोर गर्दछन्।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ११ : १२ बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा