‘उपत्यकाको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान गर्छौ’  « Khabarhub

‘उपत्यकाको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान गर्छौ’ 


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरूपमा समाधान गरिने बताएका छन् । महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गरे । ‘हामीले पटक-पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीनरूपमा समाधान गर्नेछौँ’, उनले भने । 

उनले विज्ञहरुको सल्लाह सुझाव लिएर विगतमा पानी बन्द गरिएको र अहिले वर्षात सकिएपछि पानी वितरण गरिएको बताए । वाग्मतीको पानी मेलम्चीको ट्रिटमेन्ट प्लान्टमा ल्याएर वितरण गरेको स्मरण गर्दै मन्त्री चौधरीले विकल्पको रुपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोला निरीक्षण गरेर मेलम्चीको विकल्पको रुपमा पानी खान सकिने धारणा राख्नुभएको थियो । त्यसको लागि आफ्नै कार्यकालमा यसको काम अगाडि बढ्ने उनको भनाइ थियो । 

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले बाढीको कारणले बाटोमा समस्या भएका कारण पानी पुनः वितरण कार्यमा केही ढिला भएको जानकारी दिए । उनले आगामी दिनमा मेलम्ची खानेपानी विगतमा जस्तो बर्सात लाग्ने समय भयो भनेर ज्येष्ठमा बन्द गर्नुपर्ने र हिउँद पर्खेर पानी पुनः खोल्नुपर्ने समस्याको दीर्घकालीनरूपमा समाधान गरिने बताए । उनले खानेपानीका लागि तत्काल गर्नुपर्ने कुनै पनि काममा मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको जानकारी दिए । 

केयुकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ उपत्यकाभित्रका १० वटा पानी भण्डारण पोखरीमा पाँच करोड ८३ लाख लिटर पानी भण्डारण गर्ने क्षमता रहेको जानकारी दिए । उनले नयाँ र पुरानो पाइपलाइन मर्मत गर्दै आलोपालो पानी वितरण गर्नेसमेत जनाए । मेलम्ची खानेपानी निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले उपत्यकाभित्र हाल नयाँ पाइपमार्फत पानी वितरण हुने बताए । उनले उपत्यकाभित्र कूल एक हजार १० किलोमिटर पाइपलाइन रहेको बताउँदै पुरानो पाइपलाइन केही महिनाभित्र मर्मत गर्ने जनाए ।

 

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १ : २५ बजे

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज