समाचार

विश्वभर साढे १८ लाख संक्रमित थपिए, ३ हजारको मृत्यु

By खबरहब

January 10, 2022

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख ४८ हजार ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिनेमा अमेरिकामा ३ लाख ६ हजार, फ्रान्समा २ लाख ९६ हजार, भारतमा एक लाख ८० हजार, इटलीमा एक लाख ५५ हजार र बेलायतमा एक लाख ४१ हजार जना छन् ।

यही अवधिमा ५ लाख ४३ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ३ हजार २९५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ७६३, अमेरिकामा २९८, मेक्सीको २०२ र इटलीमा १५७ जना छन् ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५ लाख ५ हजार ७२८ पुगेको छ ।