विद्यालय बन्दबारे निर्णय गर्न शिक्षा मन्त्रालयको बैठक बस्दै « Khabarhub

विद्यालय बन्दबारे निर्णय गर्न शिक्षा मन्त्रालयको बैठक बस्दै


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोभिड-१९ को संक्रमण बढेसँगै सरकारले आधारभूत तथा माध्यमिक तहका विद्यालयमा आगामी १५ माघसम्म भौतिक कक्षा बन्दको तयारी थालेको छ ।

जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिडबारे बिफ्रिङको तेस्रो दिन बसेको सिसिएमसिसीको बैठकको १३ बुँदे निर्णयअनुसार थप निर्णय गर्न आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक बस्दैछ ।

सिसिएमसिसीकै निर्णयका आधारमा विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे आज विस्तृत छलफल गरेर निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

सिसिएमसिसीका प्रवक्ता सुनिता नेपाल बालबालिकामा कोभिडको जोखिम बढेको भनि स्वास्थ्य मन्त्रालयलयको सिफरिसका आधारमा विद्यालय बिदा दिन सिफारिस गरिएको बताउँछिन् । ‘अहिले धेरै विद्यालयमा हिउँदे बिदा छ, यसलाई लम्ब्याउन सिफारिस गरिएको हो,’ उनले भनिन् ।

सिसिएमसिसीले शिक्षा मन्त्रालयमार्फत निर्णय गराएर संघीय मामिला तथा सामान्य प्रशासन हुँदै प्रदेश र स्थानीय तहलाई सिफारिस गर्न भनेको हो ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : ४८ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर