प्रधानमन्त्री कप क्रिकेट आजबाट, पहिलो दिन चार खेल « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट आजबाट, पहिलो दिन चार खेल


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आज (सोमबार)बाट सुरु हुँदैछ ।

कीर्तिपुरस्थित टियु मैदान र मुलपानी क्रिकेट मैदानमा पहिलो दिन ४ खेल हुने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय फर्म्याटको यस प्रतियोगितालाई पहिलो पटक टी-२० फर्म्याटमा गर्ने भएको छ ।

नेपाली टोलीले आगामी महिना ओमानमा हुने आईसीसी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल्ने भएसँगै प्रतियोगिता टी–२० फर्म्याटमा गर्न लागिएको हो ।

टियु मैदानमा बिहान साढे ९ बजे हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सवा १ बजे हुने एपीएफ र प्रदेश २ खेल्नेछन् ।

मुलपानीमा बिहान साढे ९ बजे हुने पहिलो खेलमा नेपाल पुलिस र सुदूरपश्चिम तथा दिउँसो सवा १ बजे बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

माघ ५ सम्म चल्ने प्रतियोगितामा १० टोलीले सहभागीता रहनेछ । जसलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए ’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर एक छन् । समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश नम्बर दुई, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।

दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश पाउनेछन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : ५९ बजे

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ