बतास समूहको बचाउमा राप्रपाका पूर्वअध्यक्ष कमल थापा « Khabarhub

बतास समूहको बचाउमा राप्रपाका पूर्वअध्यक्ष कमल थापा


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन् ।

सत्ता र राजनीतिक संरक्षणको सिँढिमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको बताएका हुन् ।

‘भित्री रहस्य थाहा छैन। मैले चिनेको (आनन्द बतास) सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

बतासबाट कानुन उल्लंघन भएको भए कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठिक नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ९ : २० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना