दाङमा बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु, ९ घाइते « Khabarhub

दाङमा बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु, ९ घाइते


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – बस दुर्घटना हुँदा दाङमा एक जना शिशुको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् ।

९ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलकका छोरा नानु आलम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

घाइते हुनेमा पर्सा जिल्ला विरगञ्ज उपमहानगरपालिका-१६ बस्ने वर्ष ३५ का रतन शाही, रौतहट जिल्ला पुर्वाह गाउँपालिका-६ बस्ने वर्ष ३४ का रामविनायक कुर्मी, भारत जिल्ला विहार बस्ने वर्ष ४० का सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत जिल्ला सिन्चु नगरपालिका-९ बस्ने वर्ष १७ का दिलबहादुर क्षेत्री रहेका छन् ।

अन्य घाइतेमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका १ बस्ने वर्ष ३८ का पुर्णप्रसाद पाण्डे, बाँके जिल्ला कोहलपुर नगरपालिका १८ बस्ने वर्ष ३५ की शान्ता वली, हुम्ला जिल्ला तातोपानी गाउँपालिका ७ बस्ने वर्ष ४५ का धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत रहेका छन् । बसमा २० जना यात्रु सवार रहेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ९ : ३५ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर