प्रधानमन्त्री कप टी-२० क्रिकेट: १० खेलाडीमा सीमित आर्मीले कर्णालीलाई हरायाे « Khabarhub

प्रधानमन्त्री कप टी-२० क्रिकेट: १० खेलाडीमा सीमित आर्मीले कर्णालीलाई हरायाे


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै आर्मीले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ । दस खेलाडीमा खेलेको आर्मीले कर्णालीलाइ १४.४ ओभरमा ५३ रनमा समेट्यो ।

आर्मीका खेलाडी सोनु तामाङ अयोग्य भएपछि मैदान आएनन् । म्याच रेफ्री समिर खानले आर्मीले उनलाई मैदानमा नउतार्नुकाे कारणबारे कुनै जानकारी नदिएको बताए । त्यसकारण वैकल्पिक खेलाडीलाई मैदानमा प्रवेश गर्न रोक लगाइएको थियो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको कर्णालीलाई आर्मीले ११७ रनको लक्ष्य दिएको थियो । विजयीलक्ष्य पछ्याएको कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ रन र कप्तान रवीन्द्र शाहीले १५ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

आर्मीको बलिङमा जितेन्द्र मुखियाले सर्वाधिक चार विकेट लिए । सुशन भारीले र साहव आलमले दुई-दुई विकेट तथा सोमपाल कामी र विक्रम साेवले समान एक विकेट लिए ।

यसअघि, टस हारर ब्याटिङको निम्तो पाएको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाएर ११६ रनको योगफल तयार गरेको थियो । अन्तिम ओभरमा नाै विकेट गुमाएको आर्मीका सानु तामाङ रिटायर हर्ट भएका थिए ।

आर्मीका लागि ओपनर कामी नाै र हरि चौहान २१ बलमा तीन चौकासहित २० रन बनाएर पेभिलियन फर्किएका थिए ।

यस्तै, कप्तान विनोद भण्डारिले १७ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २९ रन बनाए । रोहित पौडेल र कुशल मल्लले समान १० रनबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

कर्णालीको बलिङमा प्रकाश जैसीले सर्वाधिक तीन विकेट लिए । अनुज चुनरा दुई तथा दिनेश अधिकारि, रवीन्द्र शाही र राज शाहले समान एक विकेट लिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  २ : ३० बजे

कांग्रेशको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन यस्तो छ भृकुटीमण्डपको माहौल (लाइभ)

काठमाडौं–  नेपाली कांग्रेसको विशेष महाधिवेशन आज दोस्रो दिन छ  ।काठमाडौंको भृकुटीमण्डपमा

मुग्लिन–आँबुखैरेनीको समानान्तर सडक रेखांकन स्वीकृत

डुम्रे– गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको काम

निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु

नेपालगञ्ज– मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन

महानगरभित्रका ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण 

काठमाडौं– काठमाडौँ महानगरपालिकाले समुदायमा रहेका कुकुरहरूको व्यवस्थापनका लागि २८ वटा