प्रधानमन्त्री कप टी-२० क्रिकेट: १० खेलाडीमा सीमित आर्मीले कर्णालीलाई हरायाे « Khabarhub

प्रधानमन्त्री कप टी-२० क्रिकेट: १० खेलाडीमा सीमित आर्मीले कर्णालीलाई हरायाे


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै आर्मीले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ । दस खेलाडीमा खेलेको आर्मीले कर्णालीलाइ १४.४ ओभरमा ५३ रनमा समेट्यो ।

आर्मीका खेलाडी सोनु तामाङ अयोग्य भएपछि मैदान आएनन् । म्याच रेफ्री समिर खानले आर्मीले उनलाई मैदानमा नउतार्नुकाे कारणबारे कुनै जानकारी नदिएको बताए । त्यसकारण वैकल्पिक खेलाडीलाई मैदानमा प्रवेश गर्न रोक लगाइएको थियो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको कर्णालीलाई आर्मीले ११७ रनको लक्ष्य दिएको थियो । विजयीलक्ष्य पछ्याएको कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ रन र कप्तान रवीन्द्र शाहीले १५ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

आर्मीको बलिङमा जितेन्द्र मुखियाले सर्वाधिक चार विकेट लिए । सुशन भारीले र साहव आलमले दुई-दुई विकेट तथा सोमपाल कामी र विक्रम साेवले समान एक विकेट लिए ।

यसअघि, टस हारर ब्याटिङको निम्तो पाएको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाएर ११६ रनको योगफल तयार गरेको थियो । अन्तिम ओभरमा नाै विकेट गुमाएको आर्मीका सानु तामाङ रिटायर हर्ट भएका थिए ।

आर्मीका लागि ओपनर कामी नाै र हरि चौहान २१ बलमा तीन चौकासहित २० रन बनाएर पेभिलियन फर्किएका थिए ।

यस्तै, कप्तान विनोद भण्डारिले १७ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २९ रन बनाए । रोहित पौडेल र कुशल मल्लले समान १० रनबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

कर्णालीको बलिङमा प्रकाश जैसीले सर्वाधिक तीन विकेट लिए । अनुज चुनरा दुई तथा दिनेश अधिकारि, रवीन्द्र शाही र राज शाहले समान एक विकेट लिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  २ : ३० बजे

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ