नारायणहिटी संग्रहालयमा भएको बंकरसमेत तोडफोड गरेर संरचना बनाइएको रहेछ: प्रेम आले (भिडियो) « Khabarhub

नारायणहिटी संग्रहालयमा भएको बंकरसमेत तोडफोड गरेर संरचना बनाइएको रहेछ: प्रेम आले (भिडियो)

छानबिन समितिले बुझायो प्रतिवेदन


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न दिइएको विषयमा छानबिन गर्न बनेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेलाई छानबिन समितिले प्रतिवेदन पेश गरेको हो ।

छानबिन समितिको प्रतिवेदन लिँदै मन्त्री आलेले नारायणहिटी संग्रहालयमा  निर्माण भएका संरचना हटाइएको बताए । उनले १४ रोपनी जग्गामा विना कुनै इजाजत संरचना निर्माण गरेको बताए । साथै उनले गैरकानूनी रुपमा कारवाही गरिने पनि बताए ।

‘१४ रोपनी जग्गामा विना कुनै इजाजत भौतिक संरचना निर्माण गरेको पाइयो’, मन्त्री आलेले भने ।

उनले नारायणहिटी संग्रहालयमा होटल सञ्चालन गर्दा दु:ख लागेको बताए । उनले यसरी राज्यको सम्पत्ति दोहन भयो भने यसले समस्या पार्ने बताए ।

नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट चलाउन बतास समूहलाई दिएको विषयमा विरोध भएपछि पर्यटनमन्त्री प्रेम आलेले निर्माण कार्य रोक्न आदेश दिएका थिए ।

यस विषयमा प्रतिवेदन तयार पार्न मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

सदस्यहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् ।

छानबिन समितिले अनधिकृत रुपमा नारायणहिटी संग्रहालयको जग्गा लिएको निष्कर्ष निकालेको छ ।

भिडियो:

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ४ : ३४ बजे

याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान

काठमाडौं– याङ्गो राइड नेपाल मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला

देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु– प्रधानमन्त्री सुशीला कार्कीले  हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन

सिन्धुलीमा आशिष गजुरेलले रास्वपाबाट टिकट लिनुअघि हरिबोलसँग गरेका थिए सल्लाह

काठमाडौं– सिन्धुली-२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को टिकट वितरणको

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

एजेन्सी– सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार