कृषि कर्जा मेला तथा कृषि लगानी आयोजनामा नबिल बैंकको सहकार्य « Khabarhub

कृषि कर्जा मेला तथा कृषि लगानी आयोजनामा नबिल बैंकको सहकार्य


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स्सँग सम्झौता गरेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघद्वारा आगामी माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन लागेको पाँचौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै इनोभेटिभले एकैसाथ ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद’ को आयोजना गर्दैछ ।

मेलाको उद्देश्य कृषि सम्बन्धी सम्पूर्ण सरोकारवालाहरू जस्तै किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरु र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने रहेको छ ।

नबिल बैंकद्वारा प्रस्तुत हुन गईरहेको उक्त मेलाको प्रमुख आकर्षण ‘कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा कृषि लगानी सम्बन्धी समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरू बीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ ।

उक्त सहकार्यका लागि नबिल बैंक लिमिटेको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स् तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कृषि कर्जा मेलामा आयोजना हुन लागेको ‘कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद’को प्रस्तुति गर्न पाउदा नबिल बैंक गौरवान्वित भएको निरजले बताए । ‘संवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालाहरूलाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति नियम बीचको अन्तर, किसानहरू, उद्यमीहरू र कृषि व्यापारीहरूको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुनेछ ।’ उनले भने ।

त्यस्तै सुनिताले सबै बैंक÷वित्तीय संस्था एकै थलोमा, बुझौं र बुझाऔं कृषि कर्जाको बारेमा भन्ने आफूहरुको प्रयासलाई नबिल बंैकको साथले सम्रग कृषिमा वित्तीय पहुँच पुर्याउने कामको लागि यस सहकार्य कोसेढुंगा साबित हुने बताइन् ।

सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : १५ बजे

बालेनले भत्काएको सुकुम्वासी बस्तीमा पुगे हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ थापाथलीस्थित भत्काइएका सुकुम्वासी

होर्मुज क्षेत्रमा जहाज आवागमन सहज बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरु हुने

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं- व्यवसायी दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतले सोमबार आदेश

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

एजेन्सी– फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले

कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न आग्रह

कर्णाली– कर्णाली प्रदेश सरकारले कार्यान्वयनयोग्य  आयोजना तथा कार्यक्रम प्रस्ताव गरेर