कृषि कर्जा मेला तथा कृषि लगानी आयोजनामा नबिल बैंकको सहकार्य « Khabarhub

कृषि कर्जा मेला तथा कृषि लगानी आयोजनामा नबिल बैंकको सहकार्य


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स्सँग सम्झौता गरेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघद्वारा आगामी माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन लागेको पाँचौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै इनोभेटिभले एकैसाथ ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद’ को आयोजना गर्दैछ ।

मेलाको उद्देश्य कृषि सम्बन्धी सम्पूर्ण सरोकारवालाहरू जस्तै किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरु र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने रहेको छ ।

नबिल बैंकद्वारा प्रस्तुत हुन गईरहेको उक्त मेलाको प्रमुख आकर्षण ‘कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा कृषि लगानी सम्बन्धी समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरू बीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ ।

उक्त सहकार्यका लागि नबिल बैंक लिमिटेको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स् तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कृषि कर्जा मेलामा आयोजना हुन लागेको ‘कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद’को प्रस्तुति गर्न पाउदा नबिल बैंक गौरवान्वित भएको निरजले बताए । ‘संवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालाहरूलाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति नियम बीचको अन्तर, किसानहरू, उद्यमीहरू र कृषि व्यापारीहरूको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुनेछ ।’ उनले भने ।

त्यस्तै सुनिताले सबै बैंक÷वित्तीय संस्था एकै थलोमा, बुझौं र बुझाऔं कृषि कर्जाको बारेमा भन्ने आफूहरुको प्रयासलाई नबिल बंैकको साथले सम्रग कृषिमा वित्तीय पहुँच पुर्याउने कामको लागि यस सहकार्य कोसेढुंगा साबित हुने बताइन् ।

सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : १५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते