लेवनानमा तैनाथ बर्दबहादुर गणको कार्य सम्पादन सर्वोत्कृष्ट | Khabarhub Khabarhub

लेवनानमा तैनाथ बर्दबहादुर गणको कार्य सम्पादन सर्वोत्कृष्ट


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको आह्वानामा शान्ति स्थापनार्थ लेवनानमा तैनाथ बर्दबहादुर गण ६२औँ डफ्फा कार्य सम्पादनमा सर्वोत्कृष्ट घोषित भएको छ ।

उक्त मिशनमा तैनाथ अरु १० देशका गणमध्ये नेपाली शान्ति सेनाको बर्दबहादुर गण सर्वोत्कृष्ट ठहरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त गणले आफ्नो जिम्मेवारी ईलाकामा गरेको अब्बल कार्यसम्पादनको योगदानको कदरस्वरुप त्यहाँ तैनाथ फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले गणपतिलाई उत्कृष्टताको प्रतिक र प्रशंसापत्र प्रदान गरे ।

गणले मिशन ईलाकामा तैनाथ भएदेखि नै कोभिड–१९ को सङ्क्रमणको जोखिम खेपिरहेका आठवटै पालिकामा कोभिड किट वितरण गरेको सेनाले जनाएको छ । गणले नगरपालिकामा वृक्षरोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्वर्द्धन, गुणस्तरीय दाँतको उपचार सम्बन्धि सेवा, विद्यालयमा स्टेशनरी वितरण, महिला स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रमलगायत सञ्चालन गर्दै आएको छ ।

गणले सार्वजनिक उद्यान र बगैँचाको मर्मतसम्भार जस्ता जनहितका कार्यक्रमका साथै नेपाली सेनाको हालसम्मकै ठूलो लगानीमा ‘कृषि पोखरी तथा सार्वजनिक बगैँचा’ निर्माण गरेको जानकारी दिइएको छ । उक्त गणले लेवनान र इजरायलको सीमा क्षेत्रमा जैतुन खेती भित्र्याउन स्थानीय निकाय, लेवनानी सशस्त्र बल र सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेको सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १० : ४५ बजे

स्ववियु निर्वाचन : त्रिविका ११ आङ्गिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

मनाङ – हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखा – गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन