लेवनानमा तैनाथ बर्दबहादुर गणको कार्य सम्पादन सर्वोत्कृष्ट « Khabarhub

लेवनानमा तैनाथ बर्दबहादुर गणको कार्य सम्पादन सर्वोत्कृष्ट


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको आह्वानामा शान्ति स्थापनार्थ लेवनानमा तैनाथ बर्दबहादुर गण ६२औँ डफ्फा कार्य सम्पादनमा सर्वोत्कृष्ट घोषित भएको छ ।

उक्त मिशनमा तैनाथ अरु १० देशका गणमध्ये नेपाली शान्ति सेनाको बर्दबहादुर गण सर्वोत्कृष्ट ठहरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त गणले आफ्नो जिम्मेवारी ईलाकामा गरेको अब्बल कार्यसम्पादनको योगदानको कदरस्वरुप त्यहाँ तैनाथ फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले गणपतिलाई उत्कृष्टताको प्रतिक र प्रशंसापत्र प्रदान गरे ।

गणले मिशन ईलाकामा तैनाथ भएदेखि नै कोभिड–१९ को सङ्क्रमणको जोखिम खेपिरहेका आठवटै पालिकामा कोभिड किट वितरण गरेको सेनाले जनाएको छ । गणले नगरपालिकामा वृक्षरोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्वर्द्धन, गुणस्तरीय दाँतको उपचार सम्बन्धि सेवा, विद्यालयमा स्टेशनरी वितरण, महिला स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रमलगायत सञ्चालन गर्दै आएको छ ।

गणले सार्वजनिक उद्यान र बगैँचाको मर्मतसम्भार जस्ता जनहितका कार्यक्रमका साथै नेपाली सेनाको हालसम्मकै ठूलो लगानीमा ‘कृषि पोखरी तथा सार्वजनिक बगैँचा’ निर्माण गरेको जानकारी दिइएको छ । उक्त गणले लेवनान र इजरायलको सीमा क्षेत्रमा जैतुन खेती भित्र्याउन स्थानीय निकाय, लेवनानी सशस्त्र बल र सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेको सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १० : ४५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान