आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री « Khabarhub

आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको प्रभाव कम हुँदै गएकाले चालु आर्थिक वर्ष २०७८/७९ मा राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताएका छन् । सरकारले चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ ।

अर्थमन्त्रालयमा आज चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको असर क्रमशः निस्तेज हुँदै गएको तथा आर्थिक क्रियाकलाप विस्तार भएकाले आर्थिक वृद्धिको लक्ष्य पूरा हुने बताए । बजेटको आकारमा केही संशोधन गरिएको भए पनि आर्थिक वृद्धिको लक्ष्य र राजस्व सङ्कलन भने तोकिएअनुसार नै हुने उनको विश्वास छ ।

मन्त्री शर्माले खर्च प्रणालीमा गुणात्मक सुधार तथा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश र सङ्घले गर्ने कार्यक्रमको दोहोरोपन हुनु नदिने गरी प्रक्रिया अगाडि बढाइने बताए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ९ : ४० बजे

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी