नयाँ वर्ष मनाउँदै शौका समुदाय « Khabarhub

नयाँ वर्ष मनाउँदै शौका समुदाय


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलामा मात्रै बसोबास रहेको शौका समुदायले बिहीबार नयाँ वर्ष मनाउँदैछ छ ।

ब्यास गाउँपालिका-१ छाङरुको शौका समुदायले आज गबला पर्व मनाइरहेको व्यास गाउँपालिका-१ का वडाध्यक्ष अशोक सिंह बोहराले बताए । शौका समुदायले नयाँ वर्ष आवागमनको रूपमा गबला पर्व मनाउने गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिका-१ तिंकर र छाङ रु, वडा नम्बर-२ को पार्ला, दुम्लीङ तथा अपी हिमाल गाउँपालिका-६ सीतोलामा शौका समुदायले बसोबास गर्छन् । सासंकृतिक रूपमा धनी शौका समुदायको छुटै बोली र भेसभुसा रहेको छ ।

गबला पर्व मनाएपश्चात् मात्रै विवाह, व्रतबन्ध जस्ता शुभकार्य गर्ने परम्परा रहेको छ । गबला पर्व मनाउनु पूर्व साइत जुराएर ‘धच्र्यु चुमो’ गर्ने परम्परा रहेको छ । शौका समुदायको भाषामा धच्र्यू चुमो भनेको बाँसको लिंगोमा ध्वाजा लगाएर घरघरमा ठड्याउने गरिन्छ ।

शौका समुदायभित्र पनि अन्य शौका समुदायले फरक–फरक तिथिमा गबला पर्व मनाउने गरेका छन् । गबला पर्व मनाउने तिथि अनुसार शौका समुदायले आफ्नो नयाँ वर्ष मनाउँछन् । छाङरुमा रहेको शौका समुदायले माघ शुक्ल नवमी तिथि तिंकरमा रहेको शौका समुदायले पुस पूर्णिमा तिथि र सितो लामा रहेको शौका समुदायले माघ शुक्ल पञ्चमीका दिन गबला पर्व मनाउने गरेको वडाध्यक्ष बोहराले बताए ।

शौका समुदायको भेसभुसा, खानपिन, रहनसहन, धार्मिक संस्कार भने एउटै छ । गबला पर्वमा यी तीनवटै समुदायले प्राकृतिक देवताको पूजा गर्छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : ३८ बजे

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा

विद्युतीय तार भूमिगत आयोजना : तीनपटक म्याद थप्दा ६७ प्रतिशत काम

गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु