गुल्मीको मदानेमा एकिकृत बस्ती हस्तान्तरण, ९५ प्रतिशत घर परिवार दलित « Khabarhub

गुल्मीको मदानेमा एकिकृत बस्ती हस्तान्तरण, ९५ प्रतिशत घर परिवार दलित


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीमा एकीकृत बस्ती हस्तान्तरण गरिएको छ । मदाने गाउँपालिकाले निर्माण गरेका १७ घर पूर्वमन्त्री तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण विष्टले हस्तान्तरण गरेका हुन् । घर प्राप्त गर्ने ९५ प्रतिशत घर परिवार दलित छन् ।

सालझण्डी–ढोरपाटन सडक र भूकम्पका कारण बस्ती पहिरोको जोखिममा परेपछि लामो समयदेखि समस्यामा परेका थिए । स्थानीय तह पहिलेदेखिकै समस्या भएपनि कसैले उनीहरुलाई व्यावस्थापनको पहल गरेनन् । सोहि गाउँका शालिक बहादुर कामीले ठूलो पानी परे घर छोडेर विद्यालय वा त्रिपाल टाँगेर बस्नुपर्ने बिगत सम्झिए ।

स्थानीय तहको निर्वाचनपछि मदाने गाउँपालिकाले आफै जग्गा प्राप्त गरेर ९९ लाख ४१ हजारको लागतमा बस्ती निर्माण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिए । उनले गाउँपालिकाका चार स्थानमा एकीकृत बस्ती निर्माणको काम भए पनि गाउँपालिकाले आफ्नै लगानीमा १७ घर निर्माण गरेको बताए । कोभिडको कारण समयमै बस्ती हस्तान्तरणको काम भएको थिएन् ।

गाउँपालिकाले जग्गा खरिदसहित दुई कोठे घर, शौचालय, निशुल्क मिटरबक्स र धाराहरु निर्माण गरेर १७ घरलाई हस्तान्तरण गरेको गाउँपालिका उपप्रमुख सरिता खड्काले जानकारी दिइन् । सिर्सेनीकै काफलपाटा, सिम र खन्युखर्कमा पनि एकिकृत बस्ती निर्माणको काम भइरहेको छ । काफलपाटा, सिम र खन्युखर्कमा पुनर्निर्माण प्राधिकरणबाट एकीकृत बस्ती निर्माणको काम भएको खड्काले बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाल भुसालले अब घरहरुको रेखदेख समुदाय आफैले गर्नुपर्ने बताए । उनले आफ्नो र सरकारले बनाएको दृष्टिकोण राखे बस्तीको संरक्षण नहुने भएकाले ख्याल गर्न स्थानीयलाई आग्रह गरे ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : ३० बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि