अध्यक्षकै निर्देशनमा गाउँ पालिका कार्यालयमा तालाबन्दी « Khabarhub

अध्यक्षकै निर्देशनमा गाउँ पालिका कार्यालयमा तालाबन्दी


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा बुधबार पालिकाको कार्यालयमा तालाबन्दी भएको छ।

नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम भुक्तानी नदिएको भन्दै महिलाहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर निकालेर अध्यक्ष मण्डलको निर्देशनमा ताला लगाएको स्थानीय श्याम मण्डलले बताए।

निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले निमित्त भएको दुई महिना बितिसक्दा पनि पालिका अध्यक्ष मण्डलले अख्तियारी नदिएपछि आर्थिक कारोबार ठप्प भएको बताए । उनले भने, ‘अख्तियारी नदिएकैले आर्थिक कारोबार गर्न सकेको छैन। महिलाहरु ताला लगाउन आएपछि हामी बाहिर निस्क्यौँ ।’

पालिकाका एक कर्मचारीका अनुसार अध्यक्ष मण्डलले मनोमानी तरिकाले गरेको ४ करोड रुपैयाँको भुक्तानीको चेक पहिला दिएमात्र अख्तियारी दिने भनेपछि विवाद बढेको हो ।

‘अध्यक्षजी आफ्नो एकल निर्णयमा आफूखुसी खरिद गरेका सरसामानको ४ करोड भुक्तानी दिए मात्रै अख्तियारी दिने भन्नुहुन्छ।’ उनले भने।

कानुनअनुसार ४ करोड रुपैयाँ भुक्तानी दिन नमिल्ने कर्मचारीले बताएपछि अध्यक्षकै निर्देशनमा ताला लगाइएको बताइएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : ४५ बजे

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा