गाउँपालिकाद्वारा चुनढुंगा खानी उत्खनन्‌मा रोक « Khabarhub

गाउँपालिकाद्वारा चुनढुंगा खानी उत्खनन्‌मा रोक


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको बंगलाचुली गाउँपालिकाले पालिका क्षेत्रका रहेको चुनढुङगा खानी उत्खननमा रोक लगाएको छ ।

सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमति कार्यान्वय ननगरेको भन्दै बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेको जनाएको छ । जिल्लामा रहेका तीन सिमेन्ट उद्योगले यस क्षेत्रको चुनढुगा उत्खनन गरि प्रयोग गर्दै आएका थिए ।

उद्योगले पालिका संग गरेका सम्झौताहरु कार्यान्वयन नगरेकोहुदा खानी उत्खनन् बन्द गर्नु परेको पालिका अध्यक्ष भक्त बहादुर वलीले बताए। उनले पालिका र उद्योग संगको सम्झौता कार्यान्वयन नहुदा सम्ममा खानी सञ्चालन नहुने बताए ।

तीन वटा उद्योगले पालिकासँग गरेको सहमती कार्यान्वयन नगरेपछि पालिकाले खानी बन्द गरेसँगै त्यहाँबाट चुनढुंगा ओसार्नेको काम पनि ठप्प भएको छ । पालिको यो निर्णबाट उद्योगको उत्पादनमा समेत असर पर्ने उद्योगहरुले बताएका छन् । करिब ४ सय टिप्पर उत्खनन बन्द हुदा काम विहीन भएका छन्।

बंगलाचुलीगाउँपालिकामा रहेकाआआफ्ना खानीबाट चुनढुंगा ल्याएर घोराही, अग्नि र सम्राट सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्दे आएका थिए ।

पालिकाले खानीबन्द गरेर चुनढुंगा ओसार्न रोक लगाएपछि कच्चापदार्थ नभएर एक हप्तादेखि उद्योग बन्दभएको घोराही सिमेन्ट उद्योगले जनाएको छ । उद्योगले आफूहरुसँग गरेको सहमती पूरा नगर्दासम्म खानी सञ्चाल नगर्नै नदिने निर्णय कार्यपालिका बैठकले गरेको बंगलाचुलीगाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए ।

चुनढुंगा खानी रहेको क्षेत्रदेखि घोराहीसम्मको करिब ३० किलोमिटर सडक कालोपत्रे भएको एक महिना नहुँदै कालोपत्रे उप्किएर सडक धुलाम्यहुन थालेपछि पालिकाले खानी नै बन्दगरिको दिएर टिप्पर सञ्चालनमा रोक लगाएको हो ।

त्यसयता सडक कालोपत्रे गर्ने जिम्मालिएका निर्माण व्यवसायी, घोराही सिमेन्ट उद्योगले अझैसम्म पनिकाम सुरु नगरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : ५५ बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि