सङ्खुवासभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, ५ को जिवितै उद्धार « Khabarhub

सङ्खुवासभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, ५ को जिवितै उद्धार


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा -जिल्लाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

आज बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तिमा भएको दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन्। उनका अनुसार मृत्तकको पहिचान भइसकेको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ ।

दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए।

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ९ : ५९ बजे

अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान – इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी – पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका

सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ ।

एमालेमा युवाले उठाए विशेष महाधिवेशनको एजेन्डा, तर नेताहरूले आँटै गरेनन्

काठमाडौं– यतिबेला नेकपा (एमाले)मा युवा, विद्यार्थी, वुद्धिजिवी लगायतको एउटा समूहले