भक्तपुर नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने « Khabarhub

भक्तपुर नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर नगरपालिकामा नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने भएको छ ।

सांस्कृतिक विधाको संरक्षण सम्र्बद्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता शुक्रबार भक्तपुर दरवार क्षेत्र लायकुमा हुनेछ ।

प्रतियोगिता तयारीका लागि बुधबार नगरपालिकाले नगरस्तरीय पछिमा बाजा प्रतियोगिताका सहभागी टोलीको भेला गरेको छ । सोही कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।

मेयर प्रजापतिले नगरपालिकाको आयोजना गर्दै आएको सांस्कृतिक प्रतियोगिताले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिए ।

प्रतियोगितामा प्रथम हुनेलाई प्रथम पुरस्कार नगद २० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, त १ थान, बाँसुरी ४ थान, द्वितीय पुरस्कार नगद १५ हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, त १ थान, तृतीय पुरस्कार नगद १० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान र सान्त्वना पुरस्कार नगद. ५ हजारका साथै पछिमा १ थान र प्रत्येक सहभागी टोलीलाई पछिमा बाजा १-१ थान प्रदान गरिने बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ११ : १५ बजे

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन