जैविक हतियारबारे रुसले भ्रम छरेको अमेरिकाको आरोप « Khabarhub

जैविक हतियारबारे रुसले भ्रम छरेको अमेरिकाको आरोप


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ । सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे झूट फैलाएको बताएको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले युक्रेनी प्रयोगशालाका कर्मचारीहरूले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगहरूका खतरनाक जीवाणुहरू फैलाएको आरोप लगाएका थिए।

क्रेमलिनले जानाजान अमेरिका र युक्रेनले रासायनिक र जैविक हतियारका गतिविधिहरू सञ्चालन गरिरहेको छ भन्ने स्पष्ट झूट फैलाइरहेको अमेरिकी आरोप छ ।

त्यसैगरी चीनका अधिकारीहरूले पनि यी षड्यन्त्र सिद्धान्तहरू प्रतिध्वनित गरेको अमेरिकी विदेश मन्त्रालयले बताएको छ ।

यसअघि रुसले युक्रेनमा ३० भन्दा धेरै जैविक प्रयोगशालाहरु रहेको र ती प्रयोगशालाहरु जैविक हतियार विकास गर्न प्रयोग भइरहेको हुनसक्ने बताएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १ : ०८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु