बालबालिकाले खाने बालभिटा गुणस्तरहीन, हुनुपर्ने धुलाे तर सबै डल्लाे परेका | Khabarhub Khabarhub

बालबालिकाले खाने बालभिटा गुणस्तरहीन, हुनुपर्ने धुलाे तर सबै डल्लाे परेका


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध बालभिटा डल्लो परेको (गुणस्तरहीन) भेटिएको छ। बालभिटाको बट्टामा प्रयोग अवधि सन् २०२२ को अगष्टसम्म उल्लेख भए पनि भित्र धूलो डल्लो परेको भेटिएको हो।

बालभिटाभित्र धुलो हुनुपर्ने भए पनि ढिक्का भएको परशुराम नगरपालिका-४ कटाल स्वास्थ्य चौकीका अहेव नन्दराम नाथले बताए। उनले यस्तो समस्या नगरपालिका भरि नै रहेको बताए। ‘जिल्ला स्वास्थ्य कार्यालयबाटै यस्तो पठाएको हो। यता भण्डारणमा समस्या छैन। सप्लाइमा समस्या हो,’ अहेव नाथ भन्छन्, ‘हामी अहिले यो नै वितरण गरिरहेका छौं, बालभिटा प्रयोग गर्नेहरूलाई डल्लो आएमा प्रयोग नगर्न र धुलो मात्रै प्रयोग गर्न भनेका छौं।’

जिल्ला स्वास्थ्य कार्यालयले परशुराम नगरपालिकामा दुई महिनाअघि बालभिटा पठाएको उनी बताउँछन्। उनी भन्छन्, ‘पहिले पठाएकोमा समस्या थियो। अहिले पठाएको ठिक छ।’

बालभिटामा समस्या देखिएपछि वितरण नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको परशुराम नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिंहले जानकारी दिए। ‘कार्टुन हामी खोल्दैनौ, साथीहरूबाट डल्लो आएको गुनासो आएपछि प्रयोग नगर्न  र स्वयंसेविकालाई नदिन भनेका छौं,’ उनले भने, ‘उपभोक्तासम्म नपुगेको होला, तर कसैले जानकारी नपाएर दिएको हुन सक्छ, जिल्ला स्वास्थ्य कार्यालयमा बुझ्दा हामीलाई पनि त्यस्तै आएको भन्नु हन्छ।’

बालभिटा केन्द्र सरकारले खरिद गरेर पठाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख आशुतोष श्रेष्ठले बताए। उनी भन्छन्, ‘कार्टुन हामी खोल्दैनौ। माथिबाटै त्यस्तो आएको पनि हुन सक्छ। कहिलेकाहीँ स्टोरको समस्याले पनि हुन सक्छ।’

एक वर्षअघि गत फागुनमा स्वास्थ्य कार्यालय डडेल्धुरामा बालभिटा पठाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक पदम बिष्टले बताए। उनी भन्छन्, ‘समस्या डडेल्धुरामा मात्रै देखियो, केन्द्रबाट आएको दुई/चार दिनमा हामीले त्यता पठाएका हौं, त्यता कति होल्ड भयो भन्ने हो। भण्डारणमा समस्या हुन सक्छ, लापरबाही भन्दा पनि कहिले काहीँ नजानेर पनि हुन सक्छ।’

बच्चा जन्मेको ६-११ महिनासम्म, १२-१७ महिनासम्म र १८-२३ महिनासम्मलाई हुने गरी तीनपटक बालभिटा वितरण हुने गरेको छ। बच्चा जन्मिएपछि दुई वर्षभित्र उसको ८० प्रतिशत मस्तिष्क विकास हुने हुँदा त्यसका लागि पनि बालभिटाले मद्दत पुर्‍याउने स्वास्थ्यकर्मीहरू बताउँछन्।

जन्मेको ६ महिनादेखि २ वर्षमुनिका बालबालिकाका लागि सरकारले बालभिटा निःशुल्क उपलब्ध गराउँदै आएको छ। यसको सेवनबाट बालबालिकामा कुपोषण र श्वासप्रश्वासको समस्या नहुने तथा फुर्तिलो बनाउन मद्दत गर्छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १ : ३९ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको