सात महिनामा साढे १३ हजारभन्दा बढी सडक दुर्घटना : १६ सयभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

सात महिनामा साढे १३ हजारभन्दा बढी सडक दुर्घटना : १६ सयभन्दा बढीको मृत्यु


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७०३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन् । २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती दुर्घटना भएका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक विष्णु कुमार केसीका अनुसार ती दुर्घटनामा परी १ हजार ६३८ जनाको ज्यान गएको छ ।

चालु आर्थिक वर्षमा विभिन्न दुर्घटनामा परी १८ हजार २३४ जना घाइते भएका छन् । यीमध्ये ४ हजार ३७ जना गम्भिर र १४ हजार १९७ जना सामान्य घाइते भएका थिए ।

सबैभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यका भित्र हुने गरेको देखिन्छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा काठमाडौँ उपत्यकामा ६ हजार २१, प्रदेश १ मा २ हजार १७८, मधेश प्रदेशमा ३ हजार ४९, बागमती प्रदेशमा (काठमाडौं उपत्यका बाहेक) ९८०, गण्डकी प्रदेशमा २४०, लुम्बिनी प्रदेशमा ६७०, कर्णाली प्रदेशमा २३८ र सुदूरपश्चिम प्रदेशमा ३२७ वटा दुर्घटना भएका छन् ।

यो अवधिमा देशभर सवारी दुर्घटनामा २२ हजार ५० वटा सवारी साधन संलग्न रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधनमध्ये १० हजार ९३७ वटा काठमाडौं उपत्यकामा, ३ हजार २७७ वटा प्रदेश १ मा, ४ हजार ४६५ वटा मधेश प्रदेशमा, १ हजार ४१५ बागमती प्रदेशमा (काठमाडौं उपत्यका बाहेक), ३२० वटा गण्डकी प्रदेशमा, ९०७ वटा लुम्बिनी प्रदेशमा, २८८ वटा कर्णाली प्रदेशमा र ४४१ वटा सुदूरपश्चिम प्रदेशमा रहेका छन् ।

सबैभन्दा बढी सवारी साधन दुर्घटना बागमती प्रदेशमा भएको भए पनि दुर्घटनामा ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या भने मधेश प्रदेशमा रहेको छ ।

पछिल्लो सात महिनामा सवारी दुर्घटनामा परी काठमाडौं उपत्यकामा ९३, प्रदेश १ मा ३०१, मधेस प्रदेशमा ३३९, बागमती प्रदेशमा (काठमाडौँ उपत्यका बाहेक) २२३, गण्डकी प्रदेशमा १४४, लुम्बिनी प्रदेशमा ३०४, कर्णाली प्रदेशमा १२२ र सुदुरपश्चिम प्रदेशमा ११२ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारी साधनमा मोटरसाइकल रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । यो अवधिमा दुर्घटनामा पर्ने सवारी सधानमा ११ हजार २६७ वटा मोटरसाइकल, १ हजार ३७५ ट्रक तथा ट्याङ्कर, ४१९ वटा टिपर, ४० वटा डोजर, लोडर र स्काभेटर, १ हजार ४३६ वटा बस, २१८ वटा माइक्रो, ५ हजार ९४ जिप तथा कार, ५४६ वटा ट्रयाक्टर, ६८० टेम्पो र बाँकी अन्य सवारी साधन रहेका छन् ।

कुन समयमा हुन्छ बढी दुर्घटना ?

प्रहरीको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी सवारी दुर्घटना मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा हुने गरेको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा देशभर मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा ५ हजार ४३६ वटा सवारी दुर्घटना भएका छन् ।

प्रहरीका अनुसार सो अवधिमा विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म ३ हजार १८०, साँझ ६ बजेदेखि राती १२ बजेसम्मको समयमा ४ हजार ४६३ र राती १२ बजेदेखि बिहान ६ बजेसम्मको समयमा ६२० वटा दुर्घटना भएका छन् ।

दुर्घटनाको प्रमुख कारण– तिव्र गति

नेपाल प्रहरीका अनुसार बितेको सात महिनामा सवारी चालकको कारण ११ हजार ९३६ वटा सवारी दुर्घटना भएका छन् ।

सोही अवधिमा सवारी साधनको कारण ३६४, यात्रुको कारण ५१९, सडकको अवस्थाका कारण ७५४, मौसमको कारण ४८ र चौपायाको कारण ८२ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस वर्ष तिव्र गतिका कारण ६ हजार २५८ वटा सवारी साधन दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कले देखाउँछ । ओभरटेक गर्दा ४८६, मादप पदार्थ सेवन गरेका कारण ७२९, यात्रुले बाटो काट्दा ४३३ र ट्राफिक नियम उल्लंघन गर्दा ५७७ वटा दुर्घटना भएको पाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ३ : १५ बजे

पुण्य गौतममाथि रड प्रहार गर्ने दुई जना पक्राउ

काठमाडौं – अभियन्ता पुण्य गौतममाथि रड प्रहार गर्ने २ जनालाई

हुथी आक्रमणबाट यमनी तटमा रहेको जहाजमा क्षति

दुबई– यमनको हुथी विद्रोहीले महिनौंदेखि गरेको आक्रमणपछि बिहीबार रेड सीमा

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ (तस्बिरहरु)

काठमाडौ‌– राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज

रूसी आक्रमणबाट सात जनाको मृत्यु, १० घाइते

एजेन्सी– युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा बन्दरगाहको पूर्वाधारमा रूसले गरेको ब्यालेस्टिक

जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो

महेन्द्रनगर – विजया दशमीको सप्तमी तिथिका दिन आज जनकपुरधामका विभिन्न