नेपाली काँग्रेस धनुषाको दोश्रो चरणको चुनाव शुक्रबार « Khabarhub

नेपाली काँग्रेस धनुषाको दोश्रो चरणको चुनाव शुक्रबार


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि आज हुने भनिएको दोश्रो चरणको चुनाव शुक्रबारका लागि सारिएको छ ।

पार्टीको जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले सूचना जारी गर्दै शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा चुनाव हुने जनाएका हुन् ।

यसअघि, आज बिहान ८ बजेबाट मतदान हुने तय भएको थियो । नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।

सभापति पदका लागि विमलेन्द्र निधि समूहका उम्मेदवार योगेन्द्र पञ्जियार, संस्थापन पक्षका उम्मेदवार सन्तोष यादव र शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसैलाले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा पञ्जियारले सबैभन्दा बढी १ हजार २४८ मत ल्याएका छन् । त्यस्तै, सन्तोष यादवले ८ सय ८२ र दिनेश प्रसैलाले ६ सय ३० मत ल्याएका छन् ।

काँग्रेसको विधानअनुसार कसैले पनि ५१ प्रतिशत मत नल्याएको अवस्थामा बढी मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा गराइन्छ । यता, निधि समूहका उम्मेदवार पञ्जियारलाई कोइराला समूहका उम्मेदवार प्रसैलाले समर्थन जनाइसकेका छन् ।

यल

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ३ : ३७ बजे

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

ग्लोबल आईएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा

म्याग्दीको रणवाङ–दरवाङ सडकखण्ड ६ वर्षदेखि अलपत्र

म्याग्दी– म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र बनेको

ट्रम्पलाई झट्का, अस्ट्रेलियाले होर्मुज स्ट्रेटतर्फ युद्धपोत पठाउन मानेन

ब्रिसबेन- अष्ट्रेलियाले होर्मुज जलडमरूमध्यमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेको छ।