संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छः शिक्षामन्त्री « Khabarhub

संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छः शिक्षामन्त्री


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको ७४ औँ सभालाई सम्बोधन गर्दै उनले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात गर्दै र सार्थक उपयोग गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्वपूर्ण पाठ सिकाएको छ’ मन्त्री पौडेलले भने, ‘यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुनसंरचित गर्नुपर्ने साथै अध्ययन अध्यापनका नवीन विकल्पहरू खोज्दै जानुपर्ने आवश्यकता बोध भएको छ ।’

मन्त्री पौडेलले मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योगविज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारीरिक एवम् मानसिक स्वास्थ्यसँग सम्बन्धित तर लुप्त हुन लागेका अनेकौं अन्तज्र्ञानहरूको खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्ने पनि बताए ।

२०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजन गर्ने संस्कृत विश्वविद्यालयको प्रयास सराहनीय रहेको भन्दै मन्त्रालय सकारात्मक रहेकोसमेत उनले बताए ।

‘शिक्षा जति गुणस्तरीय, प्रयोगमुखी, वैज्ञानिक र उन्नत हुन्छ, देशको स्तर र समाजको चिन्तन पनि त्यत्तिकै उच्च हुन्छ,’ मन्त्री पौडेलले भने, ‘शिक्षाले व्यक्तिको विकास गरी क्षमतायुक्त, प्रतिस्पर्धी, स्वावलम्बी र उत्पादनमुलक जनशक्ति तयार गर्दछ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ५ : ४२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको