निर्माणाधीन तेह्रमध्ये पाँच पुल यसै आर्थिक वर्षमा सकिने « Khabarhub

निर्माणाधीन तेह्रमध्ये पाँच पुल यसै आर्थिक वर्षमा सकिने


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लामा निर्माणाधीन तेह्रमध्ये पाँच पुल यसै आर्थिक वर्षसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

पूर्वाधार विकास एकाइ कार्यालयका अनुसार शालिकराम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका–४ र ५ जोड्ने ज्वाला खोला पुल, ऋषिङ–५ लुक्दी खोला र घिरिङ–४ को तिरमदी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

घिरिङ गाउँपालिका–१ पुट्टार द्रौपद पुल तथा भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदी खोलाको पुल पनि यसै आवमा सम्पन्न गर्ने लक्ष्य छ ।

सिनियर डिभिजन इञ्जीनियर घिमिरेका अनुसार निर्माणधीन अवस्थामा रहेका पाँच सडकको म्याद थप गरी निर्माण अघि बढाइएको छ ।

दुलेगौडा–हर्कपुर सडक असारसम्म, भानुमार्ग फागुनसम्म, मानपुर–डेढगाउँ मोटरमार्ग फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी असोजसम्म म्याद थपका लागि मन्त्रालयलाई पत्राचार गरिएको छ ।

घिरिङ हुँदै केलादीघाट कालीगण्डकी नदीको तीरैतीर स्याङ्जा र पाल्पा जोड्ने गरी शालिकराम करिडोर तीव्र गतिमा निर्माण भइरहेको छ । करिब ६८ किलोमिटरमध्ये दासढुङ्गा–देउपुरसम्मको ६ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : ३५ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक