पत्रकार धमलालाई प्रेस काउन्सिलमै बोलाइयो, स्पष्टीकरण सन्तोषजनक नभएको ठहर « Khabarhub

पत्रकार धमलालाई प्रेस काउन्सिलमै बोलाइयो, स्पष्टीकरण सन्तोषजनक नभएको ठहर


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई स्पष्टीकरणका लागि बोलाएको छ । प्रेस काउन्सिल नेपालको आज बसेको समिति बैठकले धमलालाई थप छलफलका लागि काउन्सिलमै बोलाउने निर्णय गरेको हो। 

धमलाले यसअघि बुझाएको स्पष्टीकरण सन्तोषजनक नभएपछि उनलाई  बयानका लागि बोलाएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले खबरहबलाई बताए। उनका अनुसार सोमबार १२ बजे बयानका लागि बोलाइएको हो । 

धमलाले ‘जनतालाई छिटो समाचार दिँदा गल्ती भएको’ स्पष्टीकरणमा उल्लेख गरेका छन् । चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा काठमाडौँ उत्रिएपछि जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि धमलालाई स्पष्टीकरण सोधेको थियो।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै