'परेलीमा' आकाश र पूजाको प्रेमभाव (भिडियो) | Khabarhub Khabarhub

‘परेलीमा’ आकाश र पूजाको प्रेमभाव (भिडियो)


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ को गीत सार्वजनिक गरिएको छ ।

काठमाडौँमा कार्यक्रम गरी फिल्ममा समावेश ‘परेलीमा’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा आकाश श्रेष्ठ र पूजा शर्मा बीचको प्रेमलाई देखाइएको छ । फिल्ममा यी दुई प्रेमी–प्रेमिकको भूमिका निर्वाह गरेका छन् । यो जोडीले फर्क्रिदै गरेको प्रेमलाई गीतमा चित्रण गरेका छन् ।

आउँदो वर्ष अर्थात् २०७९ सालको जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मको सार्वजनिक गीतमा अञ्जु पन्त र नेमिस प्रधानको स्वर रहेको छ । गीतमा शब्द र संगीत पनि गायक प्रधानकै रहेको छ ।

फिल्ममा पुजा र आकाशसँगै सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको अभिनय रहेको छ । सम्झना–बिर्सना’ ले पूजा–आकाशलाई एकपटक फेरि सँगै पर्दामा हेर्ने दर्शकको चाहना भने पूरा गर्ने भएको छ ।

कतिपयले ‘सम्झना–बिर्सना’ पूजा–आकाशको सम्बन्धसँग निकट रहेकोसमेत अनुमान गरेका छन् । फिल्ममा खास के छ त्यो भने निर्माण पक्षले खुलाउन चाहेको छैन ।

आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्मको गीत सार्वजनिक गर्दै प्रचारप्रसार सुरु गरिएको छ । दार्जिलिङ, सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको संवाद लेखनमा उनलाई अभिनेता शिशिर राणाले सघाएका छन् । शिव ढकालले खिचेको फिल्मका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्मस्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व. बिशारद बस्नेत हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ०४ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच