‘परेलीमा’ आकाश र पूजाको प्रेमभाव (भिडियो) « Khabarhub

‘परेलीमा’ आकाश र पूजाको प्रेमभाव (भिडियो)


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ को गीत सार्वजनिक गरिएको छ ।

काठमाडौँमा कार्यक्रम गरी फिल्ममा समावेश ‘परेलीमा’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा आकाश श्रेष्ठ र पूजा शर्मा बीचको प्रेमलाई देखाइएको छ । फिल्ममा यी दुई प्रेमी–प्रेमिकको भूमिका निर्वाह गरेका छन् । यो जोडीले फर्क्रिदै गरेको प्रेमलाई गीतमा चित्रण गरेका छन् ।

आउँदो वर्ष अर्थात् २०७९ सालको जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मको सार्वजनिक गीतमा अञ्जु पन्त र नेमिस प्रधानको स्वर रहेको छ । गीतमा शब्द र संगीत पनि गायक प्रधानकै रहेको छ ।

फिल्ममा पुजा र आकाशसँगै सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको अभिनय रहेको छ । सम्झना–बिर्सना’ ले पूजा–आकाशलाई एकपटक फेरि सँगै पर्दामा हेर्ने दर्शकको चाहना भने पूरा गर्ने भएको छ ।

कतिपयले ‘सम्झना–बिर्सना’ पूजा–आकाशको सम्बन्धसँग निकट रहेकोसमेत अनुमान गरेका छन् । फिल्ममा खास के छ त्यो भने निर्माण पक्षले खुलाउन चाहेको छैन ।

आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्मको गीत सार्वजनिक गर्दै प्रचारप्रसार सुरु गरिएको छ । दार्जिलिङ, सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको संवाद लेखनमा उनलाई अभिनेता शिशिर राणाले सघाएका छन् । शिव ढकालले खिचेको फिल्मका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्मस्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व. बिशारद बस्नेत हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ०४ बजे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए