ट्रम्पले आगामी राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेद्‍वारी दिनसक्ने « Khabarhub

ट्रम्पले आगामी राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेद्‍वारी दिनसक्ने


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेद्‍वारी दिनसक्ने बताएका छन् । नर्थ क्यारोलाइना राज्यको सेल्मा शहरमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उनले सन् २०२४ मा हुन राष्ट्रपतीय निर्वाचनमा उम्मेद्‍वारी दिनसक्ने बताएका हुन् ।

‘सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितेँ । मैले पहिलो पटक भन्दा दोस्रो पटक धेरै राम्रो गरेँ ।  र अब हामीले फेरि यो दौडमा भाग लिनुपर्ने हुन सक्छ।’ र्‍यालीलाई सम्बोधन गर्दै उनले भने ।

‘के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छ ?’ समर्थकले भरिभराउ र्‍यालीमा उनले प्रश्न गरेको नर्थ क्यारोलाइनाको राजधानी राहली शहरबाट प्रकाशित हुने राहली न्युज एण्ड अब्जर्भरको अनलाइन संस्करणले जनाएको छ । 

यद्यपि ट्रम्पको उम्मेद्‍वारीबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा भने नभइसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

र्‍यालीमा ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ‘एकपछि अर्को अपमानजनक आत्मसमर्पण’ गरेको आरोप लगाए । ट्रम्पले बाइडेनले गैरकानूनी रुपमा विदेशीलाई अमेरिकामा आउन दिएको आरोप समेत लगाएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ०७ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन