‘म घोषणा गर्छु नेपाल हिन्दू राष्ट्र हो’ : जगद्‍गुरु शंकराचार्य « Khabarhub

‘म घोषणा गर्छु नेपाल हिन्दू राष्ट्र हो’ : जगद्‍गुरु शंकराचार्य


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जगद्‍गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले नेपाल हिन्दू राष्ट्र नै रहेको दाबी गरेका छन् ।

जनकपुरधामको दुईदिने भ्रमणमा रहेका जगद्‍गुरु शंकराचार्यले आइतबार भएको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल हिन्दू राष्ट्र रहेको जिकिर गर्दै यसका लागि कुनै नेताको आवश्यकता नभएको बताएका हुन् ।

नेपाल हिन्दू राष्ट्र हो भनेर उनले आफै घोषणा नै गरे ।

‘नेपाल हिन्दू राष्ट्रका रूपमा घोषित होस् । कुनै नेताको आवश्यकता छैन । म घोषणा गर्छु कि नेपाल हिन्दू राष्ट्र हो ।’ जगदगुरु शंकराचार्यले भने, ‘तपाईँहरू कसैको प्रतीक्षाको नगर्नुस् । नेपाल हिन्दू राष्ट्र हो, हो नै ।’

उनले नेपाल र भारतबीचको सांस्कृतिक धरातलमा एकरुपता रहेको भन्दै नेपाल सुरक्षित रहे मात्रै भारत सुरक्षित रहने पनि बताए ।

उनले चीनको चंगुलमा नेपाल फस्न नहुने पनि बताए । यसका लागि नेपाल सावधान रहनुपर्ने उनको भनाइ छ ।

शंकराचार्यले भारत र नेपालले आफूलाई हिन्दू राष्ट्र घोषणा गरे मरिससलगायत १५ वटा देशले एक वर्षभित्र हिन्दू राष्ट्र घोषणा गर्ने दाबीसमेत गरेका थिए ।

सम्मेलनमा सहभागी साधु–सन्त तथा हिन्दू अभियानीहरूले नेपाल हिन्दू राष्ट्र भएरै छाड्ने दाबी गरेका थिए ।

दुई दिनका लागि जनकपुरधाम आएका जगद्‍गुरु शंकाराचार्य सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : २९ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण