प्राविधिक कार्यालय सप्तरीका प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

प्राविधिक कार्यालय सप्तरीका प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्रबहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्रोप्राइटर भुपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका प्रोप्राइटर विजयकुमार यादव र अन्नपूर्ण कन्सट्रक्सनका प्रोप्राइटर ममता देवी यादव रहेका छन् ।

ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मतसंभार र रुख विरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्‍याई भुक्तानी गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले गलत विवरण पेश गरी ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : ०० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर